
बुटवल, । लोक दोहोरी गायिका दुर्गा नेपालको पञ्चेबाजाको लयमा रहेको नयां लोकदोहोरी गीत बजारमा आएको छ । बटौली शहर नामक उक्त गीतको भिडियो समेत एकै पटक बजारमा आएको हो ।
दुर्गा नेपाल र मधुसुदन बञ्जाडेको स्वरमा रहेको गीतमा बुटवल बजारको आर्कषक दृष्य पनि भिडियोमा समावेश गरिएको छ । विवाहको मौसम चलिरहेका वेला निकालिएको गीतले स्रोता तथा दर्शकहरुको मन जित्ने विश्वास गायिका नेपालको रहेको छ ।
विष्णु भट्टराईको निर्देशनमा बनेको म्युजिक भिडियोमा कलाकार अंकिता नेपाल र मोहान क्षत्री लगायतले अभिनय गरेका छन् । उक्त म्युजिक भिडियोमा नेपाली मौलिक विवहका रोचक पक्षहरु समावेश गरिएको छ ।