लिटिल स्टारमा तेक्वान्दो

1.3K

लिटिल स्टारमा तेक्वान्दो

बुटवल, १४ फागुन । लिटिल स्टार बोर्डिङ्ग स्कुल तिलोत्तमा २१ रुपन्देहीमा आज प्रथम जिल्ला स्तरिय लिटिल स्टार तेक्वान्दो प्रतियोगिता भएको छ ।

प्रतियोगितामा आयोजक लिटिल स्टार प्रथम, साइनिङ्ग स्टार द्वितीय, बुटवल पब्लिक तृतीय र ज्ञानकुन्ज सान्तवना भएका छन् । प्रतियोगितामा विभिन्न विद्यालयका दुई सय विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा विजयीलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको विद्यालयका प्रिन्सिपल डि.वि थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय स्कुल तेक्वान्दो महासंघका महासचिव सुर्यलाल भण्डारीले खेलले विद्यार्थीलाई पढाई संगै उनीहरुको चौतर्फी विकास हुन मद्दत पुग्ने हुदा विद्यार्थीलाई विभिन्न खेलमा सहभागी गराउनु पर्ने उल्लेख गर्नुभयो ।