सुजनलाई खुल्ला टेबल टेनिसको उपाधी

1.3K

सुजनलाई खुल्ला टेबल टेनिसको उपाधी

दिपक न्यौपाने/
बुटवल, १५ फागुन । रुपन्देही टेबल टेनिस संघको आयोजनामा संचालन भएको खुल्ला मेन्स् टेबल टेनिस प्रतियोगिताको उपाधी सुजन कुवरले हात पारेका छन ।

जिल्ला खेलकुद बिकास समिति रुपन्देहीको कर्बडहलमा सम्पन्न भएको खेलमा प्रतीक राना दोस्रो, कपिल थापा र सुनिल श्रेष्ठ तेस्रो भएका छन । प्रतियोगिताका बिजयी खेलाडीहरुलाई संघका प्रमुख सल्लाहाकार अर्जन सैजुले मेडल, शिल्ड लगायतका पुरस्कार प्रदान गरेका थिए । टेबल टेनिस संघ रुपन्देहीका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संयोजन सुनिलमान श्रेष्ठले गरेका थिए भने संचालन लेभल टुका प्रशिक्षक महेश खनालले गरेका थिए ।

२० जना खेलाडीहरुको सहभागीता रहेको प्रतियोगितामा अस्वस्थताका बाबजुत पनि दिप बोर्डिङका मिसिल पन्थ उत्कृष्ट खेलाडी घोषीत भए ।