
बुटवल, २५ फागुन । लुम्बिनी अञ्चल अस्पतालले १०७ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर वक्तृत्वकला प्रतियोगिता गरेको छ । ‘एच.आई.भी. रोकथाममा महिलाको सहभागिता बिषयमा अन्तर विभागीय उक्त प्रतियोगितामा उत्तर प्रसूतिबिभागकी सुजाता ओझा प्रथम, सघनउपचार बिभागकी रजनी खरेल द्वितीय, नवजातशिशु सघनउपचार बिभागकी मनिसा पौडेलले तृतीय र बालरोग बिभागकी निर्मला बस्याल सान्त्वना भएको अस्पतालका सूचना अधिकारी लक्ष्मीराज रेग्मीले जानकारी दिनुभयो ।

अमेरिकन समाजबाट सञ्चालित ए.एच.एफ.(एड्स हेल्थफाउण्डेशन) नेपालको सहयोग र सञ्चालनमा सम्पन्न उक्त प्रतियोगितामा विजयी भएकालाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा आठ विभागका ८ जना सहभागि थिए । प्रतियोगितामा मेडिकल सुपरिण्टेण्डेण्ट डा.राजेन्द्र सञ्जेल क्षेत्री, नर्सिङ्ग अधिकृत प्रभाज्ञवाली, ज्योतीपौडेल र ए.एच.एफ.नेपाल, लुम्बिनी अञ्चल अस्पताल शाखका प्रमुख धर्मराज भट्टराईले मुल्याङ्कन गर्नुभएको थियो ।

नर्सिङ्ग अधिकृत प्रभाज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा सूचनाअधिकृत रेग्मी, शाखाअधिकृत भुमिश्वर ढकाल लगायतले भनाई राख्नुभएको थियो ।
