बुटवल, असार । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट माध्यमिक विद्यालयले कक्षा ११ का नयाँ आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम शनिबार गरेको छ ।
विद्यालयले ब्यवस्थापन संकायमा अध्ययन गर्ने कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै उनीहरुले पढ्ने विषयका बारेमा अभिमुखिकरण कार्यक्रम गरेको हो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका निमित्त जिल्ला शिक्षा अधिकारी टिकाराम अर्यालले उच्च शिक्षाका लागि अध्ययनको शुरुवात गरेका विद्यार्थीहरु विषय छनोटमा दवाव र करकावमा भन्दापनि ईच्छा अनुसार संकाय रोज्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बुटवल स्रोत केन्द्रका विद्यालय निरीक्षक हरिलाल अर्याल, बुटवल–८ का वडाध्यक्ष भिमप्रसाद श्रेष्ठ, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका प्राचार्य कृष्ण न्यौपाने, बरिष्ठ सहायक प्राचार्य माधवप्रसाद आचार्य, भिमसेन गौतम, शिक्षक माधव पौडे, अभिभावक दलबहादुर थापा, विद्यार्थी सजिला श्रेष्ठ लगायतले अध्ययन र सिकाईलाई विद्यार्थीले सदैव लिनु पर्ने बताउदै उच्च शिक्षाका लागि अग्रसर विद्यार्थीहरुलाई शुभकामना दिनु भएको थियो ।
एभरेष्टको कक्षा ११ मा अध्ययन गर्ने नवआगन्तुक डेढसय विद्यार्थीहरुलाई स्वागत गरिएको कार्यक्रममा जिनियस एकेडेमि नेपालका बरिष्ठ प्रशिक्षक कमल शिलवालले प्रशिक्षण दिनु भएको थियो । सो अवसरमा ब्यवस्थापन संकाय अध्यापन गराउने शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।