बुटवल, ७ भदौ । बुटवल जेसीजले जेसीज सप्ताह अन्तरगत बुधबार स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । रुपन्देहीको तिलोत्तमा–११ मृगौलीमा रहेको चौतारी नेपाल हेल्थ फाउन्डेशनमा रहेका पुनःस्थापित हुन चाहाने व्यक्तिहरुलाई स्वास्थ्य र जीवन परिवर्तनका सम्बन्धमा चेतनामूलक कार्यक्रम गरिएको हो ।
‘हामी परिवर्तन हुन सक्छौ’ शीर्षकमा सञ्चालित कार्यक्रममा बरिष्ट नशाा तथा मनोरोग विशेषज्ञ डा. मनोज ढुगांनाले लागू औषधबाट मुक्त हुन सम्भव रहेको भन्दै त्यसका लागि औषधिको प्रयोगसँगै दृढ प्रतिज्ञा पनि आवश्यक रहेको बताउनुभयो । बुटवल जेसीजका अध्यक्ष राजेन्द्र घिमिरेले जेसीजले युवाहरुलाई सही बाटोमा लाग्न जहिलेपनि अभिपे्ररित गर्दै आएको उल्लेख गर्दै लागू पदार्थको जोखिममा युवा नै बढी रहने हुँदा सचेतनाका लागि जेसीजले यस प्रकारको काम गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बुटवल जेसीजका तालिम संयोजक रमेश अर्याल तथा जेसीज सप्ताहका सहसंयोजक दिनेश खड्काले पुनःस्थापनाको चरणमा रहेका व्यक्तिहरुलाई उत्प्रेरणात्मक तालिम प्रदान गर्नुभएको थियो । चौतारी नेपाल हेल्थ फाउन्डेशनमा हाल २३ जना व्यक्ति उपचारको क्रममा रहेको र उनीहरुको मनोविज्ञानलाई ख्याल गर्दे उपचारका पद्धति अपनाउने गरिएको प्रबन्ध निर्देशक उमेशचन्द्र आचार्यले बताउनुभयो ।
बुटवल जेसीजका उपाध्यक्ष अर्जुन ज्ञवालीले सञ्चालन गर्नुभएको कार्यक्रममा जेसीज सदस्य तथा कार्यक्रम संयोजक बिमल ढकालले स्वागत तथा कमल शर्माले आस्था पाठ गर्नुभएको थियो । बुटवल जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तरगत भदौ ९ र १० गते संसदीय प्रणाली तालिम र ११ गते अगष्टबल, सिस्टरसिटी सहित समापन कार्यक्रम गर्ने कार्यतालिका रहेको कार्यकारी उपाध्यक्ष तथा जेसीज सप्ताहका संयोजक कमल देवकोटाले बताउनुभयो ।