पाँचौं देवदह मेला आजदेखि : महामन्त्री कोईरालाले उद्घाटन गर्ने

1.3K

पाँचौं देवदह मेला आजदेखि : महामन्त्री कोईरालाले उद्घाटन गर्ने


बुटवल, फागुन । देवदहमा आज (शुक्रबार) देखि पाँचौ राष्ट्रिय देवदह औद्योगिक मेला कृषि तथा पर्यटन महोत्सव सुरु हुँदैछ । देवदह उद्योग बाणिज्य संघको आयोजनामा विहीबारदेखि लाग्न थालेको मेला मौसम प्रतिकुलका कारण एक दिन सारिएको हो ।

‘उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ सञ्चालन गर्न लागिएको मेलामा स्थानीय उत्पादन, गर्मेन्ट, हस्तकाला, होटल, रेष्टुरा, कृषि, कृषिजन्य उत्पादन, पर्यटनको प्रवद्र्धन गर्नुका साथै खेलकुद, सास्कृतिक कार्यक्रम तथा बालउद्यान रहने मेला आयोजक मुल समितिका संयोजक गोपालप्रसाद ढकालले जानकारी दिनुभयो ।

मेलामा बुद्धको स्ट्याचु र अग्लो खुकुरी, कृषकका लागि निशुल्क माटो परिक्षण समेत मेलाका आकर्षक रहने छन् । कृषि र पर्यटनलाई प्राथमिकता दिइएको महोत्सवमा देशका ४५ बढी जिल्लाबाट औद्योगिक उत्पादन, घरेलु उद्योग, कृषिजन्य, हस्तकला, गार्मेन्ट पर्यटन, बैंकलगायतका २ सय ५० बढी स्टर समावेश गरिएको उहाँले जानकारी गराउनु भयो ।

मेलालाई ३ लाख बढी दर्शकले अवलोकन गर्ने र १० करोड बढीको कारोवार हुने अपेक्षा आयोजक उद्योग संघले लिएको महासचिव हरि भण्डारीले जानकारी गराए । मेला सम्पन्न गर्नका लागि ६० लाखबढी खर्च हुने अनुमान गरिएको छ ।

मेलामा साँकृतिक कार्यक्रमतर्फ सङ्गीङ र डान्सिङ्ग आईडियल, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, खुल्ला लोकगित प्रतियोगिता, कपल डान्स, अन्तरआमा समुह कला प्रस्तुति लगायतका प्रतिस्प्रर्धा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुती रहने साँस्कृतिक संयोजक तेजु अर्यालले बताए । मेलाको नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधी सभा सदस्य डा. सशांक कोइरालाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।