बुटवल,मंसिर । बुटवलमा सम्पन्न अन्तर मिडिया कप भलिवल प्रतियोगिताको उपाधी बुद्ध सामुदायिक टेलिभिजनले जितेको छ ।
आज भएको फाइृनल प्रतिशपर्दामा बुटवल टुडे दैनिकललाई ३ शुन्यको सोझे सेटमा पराजित गर्दै बुद्ध सामुदायिक टेलिभिजनले उपाधी उचालेको हो । युनिक मुभिजको आयोजनामा बुटवलमा भएको प्रतियोगितामा यस क्षेत्रका १० वटा मिडिया हाउसले सहभागिता जनाएका थिए । जस अनुशार बुटवल टुडे दैनिक दोसे भएको छ । बुटवल टुडेले दैनिकले दैनिक पत्रलाईए पराजित गर्दै फाइृनल प्रवशे गरेको थियो । त्यसैगरि दैनिक पत्र तेसे स्थानमा रहेको छ।
विजयी खेलाडिहरुलाई सिल्ड तथा प्रमाणपत्रहरु वितरण गर्दै प्रमुख अतिथि जिल्ला भलिवल संघका अध्यक्ष विष्णु कुमार श्रेष्ठले युनिक मुभिजले प्रतियोगिताको अयोजना गरेर भलिवलको महत्व बढाएको बताउनु भयो ।
संस्थाका प्रवन्ध निर्देशक विजय पोख्रेलको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा पत्रकार महासंघका सचिव रुद्रहरी कुवंर,युनिक मुभिजका संरक्षक विष्णु भुषाल,कार्यक्रम संयोजक कपिल अधिकारी,दिनेश श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।