बनलाई आयआर्जनसंग जोड्न सकिन्छ : मन्त्री गिरी

1.3K

बनलाई आयआर्जनसंग जोड्न सकिन्छ : मन्त्री गिरी

रुपन्देहीको शंकरनगर सामुदायिक बन उपभोक्ता समूहतिलोत्तमा १–४ को १९ औं साधारण सभाशनिबार सम्पन्नभएको छ । साधारण सभाको प्रदेश नं. ५ का उद्योग, पर्यटन, बन तथाबातावरण मन्त्रीलिलागिरीले उद्घाटन गर्नुभयो ।
साधारण सभाको उदघाटन गर्दै मन्त्रीगिरीले समुदायिकबनको संरक्षण र विकास गर्दै बनलाइआयश्रोतको बलियो माध्यमबनाउनु पर्ने बताउनुभयो । बन जस्तो प्राकृतिक सम्पदाबाट प्राप्तहुने आयश्रोतलाई बर्गीय हिसावले तल परेका समुदायको आर्थिक समुन्नतिकालागि प्रयोग गर्नुपर्नेमा मन्त्री गिरीले जोड दिनुभयो ।
बनलाइपर्यापर्यटन संग जोड्दै अन्य आयआर्जनका कार्यक्रमहरु गर्न सकिने बताउदै मन्त्रीगिरीले बनको विकास र यसबाट हुने आयश्रोतको सहि सदुपयोग गर्ने सम्बन्धमा पछिल्लो समय जुंगाको लडाइ देखिएको भन्दै मन्त्रीगीरीले सरकार, सम्बन्धित निकाय तथा उपभोक्ताहरु सबैले बिधिबिधानमा टेकेर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।
शँकरनगर सामुदायिक बन र बन भित्र संचालनभइरहेको बनबाटिका बिच केही समस्याहरु सतहमा देखिएको र ती समस्या जुंगाको लडाइकै कारण निम्तिएको मन्त्रीगीरीको भनाइथियो । सामुदायिक बन भित्रनिर्माण गरिने पर्यटकीय या अन्य संरचनाहरु तथातिनको संचालनकालागि बन्ने समितिहरु बन समितिअन्तर्गत नै रहनुपर्नेमा मन्त्री गरीले जोड दिनुभयो ।
तिलोत्तमा नगरपालिकाले बन क्षेत्रमा बनाइरहेको भ्यु टावर निर्माणलाइ कसैले रेख नलगाउन भन्नकालागि कानुनी हिसावले नियमनगर्दै अगाडी बढ्नुपर्ने बताउनु भयो । सामुदायिक बनमा पर्या पर्यटनको प्रचुर सम्भावना रहेकाले चिडियाखाना र बनस्पति उद्यान निर्माण गर्न सकिने भन्दै मन्त्रीगिरीले प्रदेश सरकारले बजेटमा कुनै कमि हुननदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसअघि बन उपभोक्ता समितिका पदाधिकारी तथा सल्लाहकारहरुले समुदायिक बन भित्रनिर्माण गरीएको बन बाटिकालाइ स्थानीय सरकारले स्वायत्त निकायको रुपमा अगाडी बढाउन खोजेको र बन संगको समन्वय बिनै भौतिक संरचना निर्माण गरिरहेको भन्दै असहमति प्रकट गरेका थिए । त्यसको जवाफमा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले नगर सरकार आफ्नो अधिकार क्षेत्रबारे जानकार रहेको र बिधिबिधानमै टेकेर बनबाटिकाको विकाससंगै भ्युटावर निर्माणलाई गति दिइएको जवाफ दिनुभयो । अन्यत्रपनि सामुदायिक बन भित्र पर्यटकीय संरचना निर्माण गरी छुट्टै समितिमार्फत संचालनभइरहेको दृष्टान्त प्रस्तुतगर्दै नगरप्रमुख घिमिरेले उपभोक्ता समितिका केही व्यक्तिहरुले नगर सरकारलाइ नटेरेको भन्दै आक्रोस ब्यक्त गर्नुभयो । नगरपालिकाले गरेका विकासका काममा कसैले अवरोध सृजनागर्न नसक्ने भन्दै उहांले कुनै एउटा काम रोकेर हेर्न चुनौती समेत दिनुभयो । नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रै रहेरै भ्युटावर तथा बनबाटिका संचालनकालागि खुल्ला टेण्डर मार्फत लिज करार गर्ने तयारी पनि भइरहेको मेयर घिमिरेले जानकारी दिनुभयो ।
बन उपभोक्ता समितिका अध्यक्ष रामगिरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बन कार्यलयका प्रमुख इन्द्र पछाई, कानुनी सल्लाहकार खुमाकान्त पौडयाल, काँग्रेस महासमिति सदस्य यमबहादुर खत्री, समूहका वरिष्ठ सल्लाहकार प्रेमनारायण खरेल, सामुदायिक वन महासंघका अध्यक्ष दिनानाथआचार्य, समूहकापूर्व अध्यक्ष प्रेमबहादुर भण्डारी, तिलोत्तमा चेम्वर अफकमर्सका जेपि कँडेल, पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, तिलोत्तमा ४ का वडाध्यक्ष दिवाकर ढकाल, प्रथम सहिद लखनथापा मगर समितिका संयोजकमाथवर सिंह सलामी, जनजागृति माविका प्रधानाध्यापकटंक पौडेल, नेपाल विद्युत प्राधिकरणका विश्वरञ्जन मिश्र, शंकरनगर खानेपानी संस्थाका अध्यक्ष हरिप्रसाद तिवारी, आनन्दवन मधुवन सामुदायिक वनका अध्यक्ष ध्रुव धिताल, समूहका उपाध्यक्ष रबिन्द्र बस्नेत, सचिव इन्दु थापा, कोषाध्यक्ष कांशिराम काफ्ले, लेखा संयोजक ठाकुरप्रसाद ढकाल, पार्षद तोलाकान्त डुम्रे, महिलापार्षद देवी सापकोटा लगायतले बोल्दै पोथ्रापोथ्रा भएको बनलाइ हराबरा बनाउदै नमुना सामुदायिक बनको रुपमा विकास गर्न समुदायको महत्वपुर्ण भूमिकारहेको बताउनु भयो । वक्ताहरुले संघियता कार्यान्वयन सगै बनेका ऐन नियमहरु पनि समुदायिक बन मैत्रीनभएको भन्दै सुधारकालागि सरकारसंग आग्रह गर्नुभयो । कार्यक्रममा शंकरनगरमा रहेका ८ वटा सामुदायिक विद्यालयवाट एसईईमा उत्कृष्ट अंक ल्याउने एक जना छात्र र एक छात्रा गरी दुई जनालाई नगद र प्रशंसा पत्रप्रदानगरिएको थियो भने विद्युत प्राधिकरणका विश्वरन्जनमिश्रलाई दोसल्ला ओढाएर सम्मानगरिएको थियो ।