दोस्रो लाफा व्याडमिन्टन प्रतियोगिता सुरु : जग्गा पाए पूर्वाधार प्रदेशले बनाउने मन्त्री बरालको प्रतिवद्धता

1.3K

दोस्रो लाफा व्याडमिन्टन प्रतियोगिता सुरु : जग्गा पाए पूर्वाधार प्रदेशले बनाउने मन्त्री बरालको प्रतिवद्धता

लाफा समुहको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगिताको प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्नुभएको हो ।
बुटवलका दिपनगरमा सुरु भएको दोस्रो खुल्ला तथा भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा खुल्ला तर्फ ८० र भेट्रान तर्फ ३२ टिमको सहभागिता रहेको आयोजक लाफा समुहले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री बरालले खेलकुदको पुर्वधार विकासमा प्रदेश सरकार लागि परेको बताउनु भयो । स्थानिय तहबाट जग्गा प्राप्त गर्न सके आवश्यक खेल पुर्वधारका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउँदै उहाँले खेलकुदबाटै राष्ट्रयको पहिचान बनाउनकालागि प्रदेश सरकारले अन्तर्राष्ट्रिय स्तरका खेल पुर्वधारमा जोड दिएको जानकारी गराउनु भयो ।
कार्यक्रममा ओलम्पिक सदस्य कुमार केसी, जिल्ला भलिवल संघ रुपन्देहीका अध्यक्ष योग गुरुङ, नगरखेलकुद विकास समितिका संयोजक नन्दु काउचा लगायतले शुभकामना मन्तन्य राख्नुभएको थियो ।
प्रतियोगितामा खुल्ला तर्फ उपाधि विजेता टिमलाई ५१ हजार १ सय ११ रुपैया, दोस्रो टिमलाई ४१ हजार १ सय ११ तथा तेस्रो टिमलाई ३१ हजार १ सय ११ रुपैया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसैगरि भेट्रान्स तर्फ उपाधि विजेता टिमलाई २१ हजार १ सय ११, द्वितीय टिमलाई १५ हजार १ सय ११ तथा तृतीय टिमलाई १० हजार १ सय ११ कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष तारा सिह रेश्मीले जानकारी गराउनु भयो । प्रतियोगिता आईतबार सकिने छ ।