रुपन्देही आभुषण बुलेटिनको विमोचन

1.3K

रुपन्देही आभुषण बुलेटिनको विमोचन

रूपन्देही सुनचाँदी व्यवसायी संघले प्रकाशन गरेको त्रैमासिक बुलेटिन ‘रूपन्देही आभुषण’को एक समारोहका विच शनिबार बुटवलमा विमोचन गरिएको छ । बुलेटिनको नेपाल सुनचादी व्यवसायी महासंघ केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ५ का संयोजक प्रेम कुमार सेन्चुरीले विमोचन गर्नुभएको हो । रुपन्देहीका सुनचाँदी व्यवसायीहरुको गतिविधि र व्यवसायिक प्रवद्र्धन गर्ने उदेश्यले त्रैमासिक रुपमा बुलेटिन प्रकाशन प्रारम्भ गरिएको छ । विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष सेन्चुरीले सुनचाँदी व्यवसायीहरूको संस्थागत गतिविधिलाई समेटेर वुलेटिन प्रकाशन गरेकोमा खुशि प्रकट गर्दै निरन्तरताका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले सुनचाँदी व्यवसाय संवेदनशिल र महत्वपूर्ण पेशा भएकाले संस्थागत मूल्य र मान्यतालाई व्यवसायीहरुले आत्मसाथ गर्नुपर्ने बताउनुभयो । संस्थागत रुपमा पहिलोपटक बुलेटिन प्रकाशन प्रारम्भ हुनु सकरात्मक पक्ष रहेकाले अब यसको निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय सदस्य जोगलाल विश्वकर्माले बुलेटिन प्रकाशन हुने कुरा सकरात्मक भन्दै यसको निरन्तरता दिन सुझाव दिनुभयो । उहाँले रुपन्देही सुनचाँदी व्यवसायी संघ प्रधानमन्त्रिबाट समेत पुरस्कृत भएकाले यसको गरिमा बचाउने गरि काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संघका सल्लाहाकार सुरेशरत्न ब्रज्रचार्यले नया कामको थालनि भएकाले बुलेटिनमा सबैको गतिविधि समेट्नुपर्ने बताउनुभयो । कार्यक्रममा संघका अध्यक्ष एम.वि. विश्वकर्माले प्राप्त भएको सुझावलाई ग्रहण गर्दै आगामि दिनमा थप सुधार गर्दै बुलेटिन प्रकाशन गरिने बताउनुभयो । उहाँले बुलेटिन मार्फत संस्थागत सूचना, गतिविधि र व्यवसायिक प्रवद्र्धनका बिषय उठान गर्ने भएकाले यसमा सबै व्यवसायीहरुले लेख रचना र सुझाव सल्लाहा दिन समेत उहाँको आग्रह छ ।
कार्यक्रममा संघका अध्यक्ष एमवि विश्वकर्माको अध्यक्षता, महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश न. ५ का संयोजक प्रेम कुमार सेन्चुरीको प्रमुख आतिथ्यता, उपाध्यक्ष यसरत्न ब्रज्रचार्यको धन्यवाद ज्ञापन, कोषाध्यक्ष सिताराम रसाईलीको स्वागत तथा सचिव किशोर सेन्चुरीको सञ्चालनमा सम्पन्न भएको थियो ।