
सहकारीको बारेमा नेपालको संविधान २०७२ को भाग ४ धारा ५० (३) मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ । भनी संविधानले देशको लागि सहकारीले गर्ने योगदानको क्षेत्र र अपेक्षाको बारेमा लिपिबद्ध गरिएको छ।
सहकारी क्षेत्रको योगदानको बारेमा नेपाल सरकार अर्थ मन्त्रालयले २०७६ मा प्रकाशित गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५/७६ फागुन सम्म सहकारी संस्थाहरुको संख्या ३४ हजार ७ सय ३७, शेयर सदस्य संख्या ६५ लाख १२ हजार ३ सय ४० र शेयर पूँजी रु. ७६ अर्ब ३४ करोड रहेको छ । आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म सहकारी क्षेत्रमा रु. ३ खर्ब ४५ अर्ब ५९ करोड बचत परिचालन भई रु. ३ खर्ब ७१ करोड ऋण परिचालन भएको छ। भनी सहकारीले अर्थतन्त्रमा पारेको वित्तीय प्रभावको बारेमा उल्लेख गरेको छ।
यसै सन्दर्भमा भएका धेरै अध्ययनहरु पुनरावलोकन गर्दा बित्तीय क्षेत्रमा सहकारीले गरेका योगदानको बारेमा विभिन्न विद्धानहरुले अध्ययन गरेको देखिएता पनि सहकारीले सामाजिक र सांस्कृतिक क्षेत्रमा गरेको योगदान बारेमा अध्ययन भएको नदेखिएको परिप्रेक्ष्यमा रुपन्देही जिल्लाका ४० वटा सहकारीलाई नमूनाका रुपमा लिई (बचत तथा ऋण २४, बहुउद्देश्यीय ७, कृषि ५, सामाजिक उद्यमी ३ र जडिबुटी १) प्रश्नावलीको माध्यमबाट तथ्यांक संकलन गरी ब्याख्यात्मक अनुसन्धान ढाँचामा अनुसन्धान सम्पन्न गर्दा देखिएको निष्कर्ष यसप्रकार प्राप्त भएको छ।क) रुपन्देहीका सहकारी संस्थाले संचालन गरेका सामाजिक र सांस्कृतिक कार्यक्रम१. बृक्षारोपण तथा फलफूल लगाउने कार्यक्रम १९. रक्तदान कार्यक्रम२. सहकारी शिक्षा तालिम २०. सीप विकास तालिम३. सदस्यको मृत्युमा राहत सहयोग २१. सदस्यको परिवारको सदस्यको मृत्युमा राहत४. उत्कृष्ट सदस्य, बचतकर्ता र ऋणी सम्मान २२. पशु बिमा कार्यक्रम५. सामुदायिक सूचना केन्द्र संचालन २३. विरामी हुँदा सहयोग६. सदस्यको दुर्घटना बिमा सुविधा २४. हाजिरीजवाफ प्रतियोगिता७. गाउँ, टोल सरसफाई कार्यक्रम २५. शैक्षिक सामाग्री वितरण८. जेष्ठ सदस्य सम्मान कार्यक्रम २६. सुत्केरी सहयोग तथा भेटघाट कार्यक्रम९. नयाँ बधु स्वागत कार्यक्रम २७. सिंचाईको साधन सहयोग १०. फोहरदानी (डस्टविन) वितरण २८. स्वास्थ्य शिविर११. किशोरी र दिदीबहिनी क्लव गठन २९. तीज गीत प्रतियोगिता१२. खेलाडी सम्मान कार्यक्रम ३०. खेलकुद कार्यक्रम१३. पशुस्वास्थ्य शिविर संचालन ३१. अध्ययन भ्रमण कार्यक्रम१४. खानेपानी वितरण कार्यक्रम ३२. गोबर ग्यास निर्माण१५. नाली निर्माण ३३. महिला सशक्तिकरण तालिम१६. विद्यार्थी सम्मान कार्यक्रम ३४. लागूपदार्थ दुब्र्यसनी नियन्त्रण तालिम१७. ट्राफिक सचेतना कार्यक्रम ३५. नेतृत्व विकास र उद्घोषण तालिम१८. मन्दिर, अस्पताल र अपांग आश्रममा खाद्यान्न वितरण
ख) रुपन्देही जिल्लामा सहकारी संस्थाले संचालन गरेका प्रमुख ५ कार्यक्रम१. उत्कृष्ट सदस्य, बचतकर्ता र ऋणी सम्मान कार्यक्रम ८५ प्रतिशत२. सहकारी शिक्षा तालिम ८२.५ प्रतिशत३. रक्तदान कार्यक्रम ५७.५ प्रतिशत४. सीप विकास तालिम ५० प्रतिशत ५. सदस्यको परिवारमा मृत्यु पर्दा राहत सहयोग ४५ प्रतिशत
ग) संचालित ३५ प्रकारका कार्यक्रम मध्ये ८६.२२ प्रतिशत कार्यक्रमलाई सहकारी संस्थाले आफ्नो नियमित बार्षिक कार्यक्रममा समावेश गरेर सम्पन्न गरेका थिए भने बाँकी कार्यक्रमलाई संचालक समितिको निर्णय मार्फत संचालन गरेको देखिन्छ।
घ) संचालित ३५ प्रकारका कार्यक्रम मध्ये २३ प्रकारका कार्यक्रम (६५.७२ प्रतिशत) सदस्यका लागि मात्र र १२ प्रकारका (३४.२८ प्रतिशत) कार्यक्रम सर्वसाधारणका लागि समेत संचालित रहेका थिए।
कोषाध्यक्ष :जिल्ला सहकारी संघ लिमिटेड रुपन्देही / स.प्राध्यापकः यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस, शुद्धोधन-३, रुपन्देही