डा. प्रकाश बुढाथोकी
(प्रमुख, आँखा, नाक, कान, घाँटी एवं मुख स्वास्थ्य
उपचारात्मक सेवा महाशाखा) /
कोभिड १९ सर्ने माध्यम नाक,आंखा र मुखबाट निस्कने स साना पानीका फोका र ती रहेका सामानको सम्पर्क र केहि मिनेटभित्र बन्द कोठामा रहेका हावा हो । नजिकै सम्पर्कमा रहि उपचार गर्नपर्ने, उपचार पद्धतिमा एराजोल निस्कने, बन्दकोठामा उपचार हुने, बिरामीले मास्क नलगाउने तथा पानीका फोकाहरु सरसामान र बबाताबरणमा रहने कारणले उच्च जोखिममा डेण्टल उपचार छ । र्याल ग्रन्थी कोरोना भाईरसको भण्डारण हो । र्याल ग्रन्थीमा शुषुस्त अवस्थामा रहेका भाईरस कोरोना संक्रमण फैलन नदिन दक्ष जनशक्तिबाट बेलैमा दात तथा मुखका रोगहरुको निदान र उपचार आबश्यक रहन्छ ।हालै मात्र स्वाद र गन्ध हराउने लक्षण थपीनु र खोक्दा ३ हजार र हाच्छयु गर्दा १० हजार पानीका फोकाहरु निस्कने तथ्यले झनै दन्तक्लिनीक र अस्पताल नै संक्रमणको श्रोत बन्ने हुन कि भन्ने त्रास बढेको छ ।
मुखको उपचारमा नियमित हावाबाट चल्ने सामान र उपकरणहरुको प्रयोग गरिरहनपर्ने भएकाले हावाका फोकाहरु निरन्तर उत्पादन हुन्छन । त्यसैले युरोप,अमेरिका तथा अफ्रिकामा नियमित दन्तसेवा लामो समय बन्द नै रहे । रिओपन अमेरिका÷डेन्टिष्ट्रि भन्ने मुल मुद्धा सहित विभिन्न निर्देशिका बनाईरहेका छन । नेपालले पनि नेपाल डेण्टल एसोसियसन मार्फत बिश्व स्वास्थ्य संगठन , सीडिसी, एफडिए, प्रमाण,खोज तथा बिभिन्न देशका प्रोटोकल, निर्देशिकालाई आत्मसात गर्दे देशको श्रोत साधन, उपलब्धता, समाजको प्रकारलाई मध्यनजर गरी निर्देशिका Interim Guidance for Dental Practices During COVID 19 Pandemics तयार पारेको छ ।
नेपाल मेडिकल काउन्सिलबाट २०७७ जेठ २० मा अनुमोदन भएपनि २०७७ असार २४ मा आंखा,नाक कान घाटी तथा मुख स्वास्थ्य शाखा,स्वास्थ्य सेवा बिभागमा प्राप्त भएपछि २ दिनमा बिभागबाट स्विकृत भएको हो । थप माथिल्लो निकायबाट स्विकृत गराऔ भन्दै साउन ४ गते मन्त्रालयमा पेश निर्देशिका २०७७ साउन ९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्युको तहबाट स्विकृत भई यस अन्तरिम निर्देशिका कार्यान्वयनमा छ ।
दन्तउपचार विधि चिकित्सक,सहयोगी र बिरामी एकदमै नजिकै रहेर गरिने उपचार हो जहा न २ मिटरको दुरी,न बिरामीले मास्कको प्रयोग संभव छ ।उपचारक्रममा उत्पन्न स्वासप्रस्वासजन्य निस्कासन,उपचारका क्रममा उत्पन्न एरोसोल अर्थात पानीका स साना फोकाहरु उपचार कक्षमै धेरै रहन्छ । जुन जो कसैलाई सर्नसक्छ ।स्वास्थ्यकर्मी,सहयोगी र बिरामीलाई पीपीईको एक त ब्यवस्था गर्न गाहे छ अर्काे ज्यादै महंगो पर्नजान्छ । ज्यान रहे सवै पछि गरौला भन्दै पर्ख र हेर को सिद्धान्तमा यो पेसा बिश्व स्वास्थ्य संगठनले माघ १६ मा जनस्वास्थ्य संकटकाल लगाएको केहि हप्ता देखि लगभग साढे ५ महिना बन्द नै रह्यो ।
निर्देशिकामा सेवालाई बर्गीकरण गर्दे आकस्मिक सेवालाई तत्काल सेवा दिन,कम जटिलतालाई एप्वाईन्टमेन्टमार्फत र सामान्यलाई टेलिकन्सल्टेसन गर्ने उल्लेख छ । घरबाट निस्कदा साथी लग्ने नलग्ने,सुरक्षा साबधानी के के अपनाउने, रिसेप्सन,पर्खने कोठा,उपचार कक्षमा के के सुरक्षा साबधानी अपनाउने देखी पीपीई —प्रकार,डनिङ डफिङ,हात धुने तरिका, समय,बाताबरण तथा सामानको शुद्धिकरण र निर्मलीकरण,मेडिकल फोहर ब्यवस्थापन
र थप अध्ययन सामग्रीहरुको लिंक र नाम राखिएको छ ।
सुरक्षा साबधानीहरु मापदण्डहरु भनिएअनुसार भए नभएको अनुगमन गर्न अनुगमन समिति गठन छ । उक्त समितीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – १ जना प्रतिनिधि, स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखा – १ जना प्रतिनिधि र नेपाल मेडिकल काउन्सिल – १ जना प्रतिनिधि रहनेछन । आबश्यक्ताअनुसार समितीले बिज्ञहरुलाई आमन्त्रण गर्नसक्नेछ । अनुगमनको समय तालिका प्रत्येक चौमासिकमा कम्तिमा १ पटक छ र समितीले अनुगमन प्रतिबेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आवश्यकता अनुसार अन्य निकायमा समेत पेश गर्नुपर्नेछ ।
आकस्मिक अवस्था
१. निन्द्रा नलाग्ने गरी दा“त दुखेमा— दुखाई कम गर्ने औषधी खा“दापनि
२. अत्यधिक मात्रामा रक्तश्राब भएमा वा नरोकिएमा
३. दुर्घटना वा अन्य कारणले हड्डी वा दा“त भाचिएर स्थान परिवर्तन भएमा
४. अनुहार,घा“टी वा मुखमा सुजन भएमा
५. मुख खोल्न र ÷वा निल्न गाहे भएमा
६. बिशेषज्ञ मेडिकल चिकित्सकबाट जीवन बचाउन रिफर भएका
७. ३ साता बढी सम्म घाऊ खटिरा रहिरहेमा
आकस्मिक बाहेकका अन्य समस्याहरुको लागी अहिलेको समयमा अस्पताल जान जरुरी छैन । किनभने अस्पताल जानु भनेको रोगको नजिकै जानु जस्तै हो । सामान्य उपचारका निम्ती फोन र सामाजिक सञ्जाल मार्फत सल्लाह लिनसकिन्छ ।अस्पताल तथा क्लिनीकले पनि सवै बिरामीलाई कोरोना संक्रमितको हुनसक्ने संझी सवै पीपीई लगाएर मात्र उपचार गर्न जरुरी छ ।किनभने अझै पनि अत्यधिक लक्षणविहिन र होम आईसोलेसनमा छन ।
स्पष्ट बिरामी प्राथमिकता,संक्रमण नियन्त्रण,रोग सर्ने माध्यमको न्युनिकरण र सेवा प्रदायक तथा सेवाग्राहीको सुरक्षा तथा क्रस संक्रमणको बन्देज आजको आबश्यक्ता भएकाले त्यसैमा रहेर निर्देशिका तयार भएको छ ।
साबधानीहरु
१. फोन वा अन्य माध्यमबाट अस्पताल आउनपर्ने वा नपर्ने बारे सम्पर्क गर्ने ।
२. अस्पताल जानपर्ने भए उपचारका लागी निश्चित समय वा एप्वाईन्टमेन्ट लिने ।
३. घर बाहिर निस्कदा मास्क लगाउने र साबुनपानीले हात धुने ,स्यानैटाईजर बोक्ने ।
४. संभव भए संक्रमणको जोखिम न्युनीकरण गर्न साथीहरु नलगेर अस्पताल जाने ।
५. अस्पतालमा साबुनपानीले हात धुने र जथाभावी छुने,थुक्ने,बोल्ने नगरी २ मीटरको फरकमा बसी पालो कुर्ने तथा लक्षण तथा ईतिहास दिनेमा झन्झट नमान्ने र सहयोगीको अनुमतिमा मात्र निर्देशनअनुसारका साबधानी अपनाई उपचारका लागी भित्र छिर्ने ।
६. उपचार कुर्षीमा बस्नु पहिले साबुनपानीले हात धुने,हेड र बुट कभर लाउने,०.२ प्रतिशत सिएचएक्स,पोभिडिन आयोडिन वा १ प्रतिशत हाईड्रोजन पेरोअक्साईडले मुख कुल्ला गर्ने ।
७. पैसा तिर्न अनलाईन तथा डिजिटल माध्यमको प्रयोग गर्ने ।
८. उपचार कक्षमा अक्सिजनको उपलब्धता गर्ने ।
९. जटिलता आईहाले प्राथमिक उपचार गर्नसक्ने ब्यक्तिको पहिचान गर्ने ।
१०. सम्पर्कमा चिकित्सक,संस्था र एम्बुलेन्स राखी आबश्यक पर्दा समन्वय गर्ने ।
११. अप्वाईन्टमेन्ट १५ मिनेट कम र २ बिरामीबीच ५ मिनेट खाली राख्ने ।
कोरोना भाईरस महामारीका सन्दर्भमा सवैभन्दा जोखिमयुक्त पेसा दन्तसेवा हो ।त्यसो हुदाहुदै पनि दैनिक तथा नियमित दन्तसेवाहरु लामो समय बन्द गरिदा भोलिका दिनमा दा“तका समस्याले माईल्डबाट मोडरेट,मोडरेटबाट सेभेयर र थप जटिलता निम्त्याईरहेका छन र अंगभगंको सभावना रहन्छ । कोरोनाको महामारी पनि छिट्टै सकिने संकेत नदेखिएकाले कोरोनासंगसगै आफ्नो जीवन तथा ब्यवसायलाई चलायमान बनाउन जरुरी भएकाले यो निर्देशिका जारी भएको छ ।
निर्देशिका निर्माणमा सहयोग गर्नुहुने बिज्ञहरु, नेपाल डेण्टल एसोसियसन, ईन्डोर्स गर्नुहुने नेपाल मेडिकल काउन्सिल र संसोधनसहित स्विकृत गर्नमा प्रत्यक्ष अप्रत्यक्षरुपमा संलग्न स्वास्थ्य सेवा बिभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सवैमा हार्दिक आभार ब्यक्त गर्दछु । निर्देशिका गतिशिल दस्ताबेज भएकाले समयानुसार परिमार्जन संभव छ । तसर्थ एकपटक निर्देशिका अध्ययन गरी संसोधन आबश्यक भए बुदाहरु टिपोट गरी मलाई drprakashbt@gmail.com मा पठाउन सक्नुहुन्छ ।
अन्तमा, सम्पर्क समय १५ मिनेट कम, एप्वाईन्टमेन्ट, बिलिङ, रिर्पाेट ईलेक्ट्रोनिक अर्थात डिजिटल गर्दे संक्रमणका श्रोतहरुबाट बैकल्पिक उपाय अपनाउदै अन्तरब्यक्ति दुरी २ मिटर, युनिभर्सल वेयरीङ अफ मास्क –किनभने घरमा जेष्ठ नागरिक, १२ बर्षमुनिका बालवालिका र दीर्घरोगी भएकाले घरभित्रपनि, साबुनपानी नभए स्यानीटाईजरको प्रयोग एसएमएस अपनाउनैपर्छ । हावा ओहरदोहर गर्नसक्ने स्थानको छनौट – भेन्टिलेसन र सार्बजनिकस्थानमा जहा पायो त्यहि नथुकौ भन्दै एसएमएसमा २ बुदा थप्न चाहन्छु ।