महिलाहरुले बुटवलमा सञ्चालन गरेको नारी बहुउद्देश्यीय सहकारी संस्थाले नारी दिवसको अवसर पारेर महिला स्वास्थ्य जनचेतना कार्यक्रम गरेको छ । १११ औं नारी दिवसको अवसरमा सहकारीले महिलामा हुने स्वास्थ्य सम्बन्धि समस्या तथा त्यसको निदानका उपायहरुको बारेमा जनचेतना प्रशिक्षण गरेको हो ।
सहकारीका ७० जना सदस्यहरु सहभागि भएको उक्त कार्यक्रममा स्त्री रोग विशेषज्ञ डा. बविता थापाले प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक रामकृष्ण खाँणले सहकारीले महिलालाई सीप बिकास, स्वरोजगारी सिर्जना गरि आर्थिक रुपमा सवल गराउने मात्रै नभई उनीहरुमा नेतृत्व क्षमतामा समेत बिकास गरेको बताउनु भयो ।
संस्थाकी अध्यक्ष गंगा गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार धना लामा, कार्यक्रम संयोजक सरीता भारी, पुष्पा मल्ल लगायतले भनाई राख्नुभएको थियो ।
