भिमबहादुर थापा (भरत) : व्यवसायदेखि प्रतिनिधि सभाको उम्मेदवारसम्मको प्रेरक यात्रा

1.3K

भिमबहादुर थापा (भरत) : व्यवसायदेखि प्रतिनिधि सभाको उम्मेदवारसम्मको प्रेरक यात्रा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पश्चिम नवलपरासी क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट युवा उम्मेदवार  भिम बहादुर थापा (भरत) हुनुहुन्छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य समेत रहनुभएका थापा स्थानीय तहमा कार्यकाल पुरा गरेका समाजसेवीका रूपमा चिनिनुहुन्छ ।

अनुभवी र गतिशील नेतृत्व

पश्चिम नवलपरासीके सुनवल नगरपालिकाको संस्थापक नगर प्रमुखका रूपमा नेतृत्व प्रदान गरिसक्नुभएका थापाले आफ्नो कार्यकालमा नगरको जग बसाल्न र विकासका योजनाहरूलाई गति दिन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँको यही प्रशासनिक अनुभव र जनस्तरको पकड नै यसपटकको उम्मेदवारीको मुख्य आधार बनेको देखिन्छ ।
संघीयता कार्यान्वयनको पहिलो चरणमा सुनवल नगरपालिकाको संस्थापक नगर प्रमुख निर्वाचित हुनु थापाको राजनीतिक जीवनको कोशेढुङ्गा सावित भयो ।  शून्य अवस्थाबाट नगरपालिकाको संरचना खडा गर्ने, स्रोत जुटाउने र विकासको प्रारम्भिक गुरुयोजना बनाउने श्रेय उहाँलाई नै जान्छ ।
पश्चिम नवलपरासी क्षेत्र नं. २ मा नेपाली कांग्रेसका तर्फबाट चर्चामा रहनुभएका युवा   थापा (भरत) को लोकप्रिय मानीनुहुन्छ । संस्थापक नगर प्रमुख हुँदा उहाँले देखाएको काम र कोभिड कालमा गरेको उदाहरणीय कार्यलाई स्थानीयले अहिले निर्वाचनको मुखमा स्मरण गर्न थालेका छन् ।
नगर प्रमुखको पाँच वर्षे कार्यकालमा सरकारी गाडी र तलब-भत्ता जस्ता कुनै पनि आर्थिक सुविधा नलिई “स्वयंसेवक”का रूपमा काम गरेर थापाले सुशासनको नयाँ मानक स्थापित गर्नुभएको थियो । “पदमा पुगेर व्यक्तिगत लाभ लिनेहरूको भिडमा आफ्नै निजी साधन चढेर जनताको काम गरेका कारण थापा चर्चामा हुनुहुन्छ ।
त्यस्तै, कोरोना महामारीको समयमा जिल्लामै पहिलोपटक प्रभावकारी उपचार केन्द्र सञ्चालनमा ल्याएर नागरिकको ज्यान बचाउन उहाँले खेल्नुभएको भूमिकालाई अहिले पनि सुनवलवासीले गौरवका साथ सम्झने गर्छन् । यही जनसेवाको जगमा उभिएर थापाले यसपटक क्षेत्र नं. २ को भौतिक र सामाजिक विकासका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको छ ।
राजनीतिसँगै आर्थिक क्षेत्रमा पनि दख्खल राख्ने थापा उद्योग वाणिज्य संघ नवलपरासीका पूर्व अध्यक्ष हुनुहुन्छ । उद्योग वाणिज्य संघ, नवलपरासीको अध्यक्षको रूपमा उहाँले निजी क्षेत्रको हकहितका लागि मात्र लड्नुभएन, बरु जिल्लामा लगानी भित्र्याउन र साना तथा मझौला उद्योगीहरूलाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्नुभयो । निजी क्षेत्र र आर्थिक विकासका मुद्दाहरूमा उहाँको विशेष दख्खल रहेकाले पनि युवा र व्यवसायीहरू माझ उहाँ लोकप्रिय हुनुहुन्छ ।

भौतिक विकास र पूर्वाधारमा जोड

थापाले यसपटकको निर्वाचनमा ‘भौतिक विकास र आर्थिक रूपान्तरण’ लाई मुख्य चुनावी एजेण्डा बनाउनुभएको छ । उहाँका अनुसार क्षेत्र नं. २ को समग्र विकासका लागि सडक सञ्जालको स्तरोन्नति, व्यवस्थित सहरीकरण, र कृषि पूर्वाधारको निर्माण अनिवार्य छ ।

मुख्य चुनावी एजेण्डाहरू

उहाँले क्षेत्र नं. २ भित्रका रणनीतिक सडकहरूको कालोपत्रे र नयाँ सडक सञ्जाल विस्तार, स्थानीय उत्पादनलाई बजारसँग जोड्न कृषि बजार र शीतभण्डारको व्यवस्थान, औद्योगिक वातावरण निर्माण गरी युवाहरूका लागि स्थानीय स्तरमै रोजगारी सिर्जना र शिक्षा र स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधारमा  परिवर्तन मुख्य चुनावी एजेण्डाहरू  रहेका छन् ।

युवा मतदाताहरूमा उत्साह

पार्टीभित्र र बाहिर पनि मिलनसार र स्पष्ट वक्ताका रूपमा चिनिने थापाको उम्मेदवारीले विशेषगरी युवा मतदाताहरूमा उत्साह जगाएको छ । “नेपाली कांग्रेसको संगठन सुदृढीकरणमा लामो समयदेखि सक्रिय थापाले यसपटकको निर्वाचनमा आफूले जनताको विश्वास जित्ने र क्षेत्र नं. २ लाई विकासको नमुना बनाउने दाबी गर्नुभएको छ ।