
बुटवल, २८ असार । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोर भन्ने हेतुले रक्तदान गरेको छ ।
रक्त रञ्चार सेवा केन्द्र बुटवलको प्राबिधिक सहयोगमा संस्थाका संस्थापक अध्यक्ष डोलराज गैरेको जन्म दिनको अवसर पारेर रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देही र रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहको समेत सहकार्यमा मंगलबार रक्तदान गरिएको हो ।
सो अवसरमा क्लवका पदाधिकारी, सदस्य तथा शुभेच्छुक समेतगरी ५५ जनाले रक्तदान गरेको क्लवले जनाएको छ । कार्यक्रममा बोल्दै सो क्लवका संस्थापक अध्यक्ष गैरेले रगत दान मानवीय सेवाको काम भएकाले रगतको अभाव हुन नदिनकालागि सबैले आफ्नो जन्मदिनमा रक्तदान आह्वान गर्नुभयो ।
क्लवका अध्यक्ष नविन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एजी लक्ष्मण ज्ञवाली, स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहन, क्वलका पूर्व अध्यक्ष बालकृष्ण अर्याल, ईलेक्ट प्रेसिडेन्ट रमेश खनाल, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष मोहन न्यौपाने, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहका अध्यक्ष माधव भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।