गुणस्तर परिक्षणबाट पछि हट्ने काम राम्रो होईन : खाँण

828

गुणस्तर परिक्षणबाट पछि हट्ने काम राम्रो होईन : खाँण

बुटवल, २१ असार । नेपाली काँग्रेस संघीय संसदका प्रमुख सचेतक बालकृष्णले गुणस्तर मापन गरेर मात्र फलफुल र तरकारी आयत गर्न सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले गुणस्तरीय बस्तु उपभोग गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार रहेको बताउँदै गुणस्तर परिक्षणबाट पछाडी हट्ने काम राम्रो नभएको उल्लेख गर्नुभयो ।

तिलोत्तमा उद्योग बाणिज्य संघको पाँचौं साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहनु भएका काँग्रेस नेता खाँणले भारतबाट आयात हुने फलफूत तथा तरकारीमा अध्यधिक बिषादी हुने बताउनु भएको हो । उहाँले त्यस्ता फलफूल तथा तरकारी उपभोग गर्दा ख्याल गर्न पनि आम नागरिकलाई आग्रह गर्नुभयो ।

तिलोत्तमा नगरपालिका हरेक किसिमबाट सम्भावना बोकेको नगरपालिका भएको उल्लेख गर्दै तिलोत्तमामा अर्गानिक तरकारी उत्पादन गर्न किसानहरुलाई आग्रह गर्नुभयो । तिलोत्तमा नगरपालिकालाई आत्मनिर्भर नगरपालिका बनाउनकालागि सबै मिलेर अंगाडी बढ्नु पर्ने भनाई राख्नुभयो । उहाँले प्रदेश नं. पाँच नेपालको मध्येभागमा रहेकाले बिकासकालागि सम्भावना रहेकाले आर्थिक रुपमा सक्षम र बलियो प्रदेश बनाउन सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाली काग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले उद्योग व्यवसाय सञ्चालनका लागि सहज वातावरणको आवश्यक पर्ने र वातावरण सिर्जना गर्ने दायित्व सरकारको भएको बताउनु भयो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर पांचका अध्यक्ष गुणनीधि तिवारीले राज्यले नीजि क्षेत्रका समस्यालाई चिन्न नसकेको बताउनु भयो । उहाँले राज्यले आफ्नो दायित्व पुरा गर्न नसकेको बताउंदै विभिन्न प्रकारका कर लगाउंदा उद्योगीहरु मारमा परेको गुनासो गर्नुभयो ।

कार्यक्रममा नेपाली काग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांण, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, तिलोत्तमा व्यापार संघका अध्यक्ष अध्यक्ष झविन्द्रप्रसाद कडेल, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी, संघका सल्लाहकार ध्रुवकुमार श्रेष्ठ, करहीया खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाका अध्यक्ष यमबहादुर पुनलगायतले बोल्दै देशको व्यापार घटेकाले आर्थिक अवस्था दयनीय भएको बताउनु भयो ।

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनीधी भण्डारीको अध्यक्षता र महासचिव कमल कंडेलको सञ्चालनमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, बाणिज्य उपाध्यक्ष हरिलाल पाण्डे लगायतले भनाई राख्नुभएको थियो । त्यस अवसरमा भवन निर्माणमा सहयोग गर्ने सहयोग दाताहरुलाई सम्मान गरिएको थियो ।