पार्क गुएन हाय पक्राउ

782

पार्क गुएन हाय पक्राउ

कोरिया, १८ चैत । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति पार्क गुएन हायलाई प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचारको अभियोग लागेका उहाँलाई अनुसन्धानका लागि हिरासतमा लिइएको त्यहाँको सञ्चार माध्यमले जनाएको छ ।

अदालतले उहाँलाई हिरासतमा लिन अनुमति दिएपछि पक्राउ गरिएको हो । अब नजर बन्दमा राख्ने सकिने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दक्षिण कोरियामा राष्ट्रपति पदमा चुनिने ६५ वर्षिय पार्क गुएन हाय पहिलो महिला हुनुहुन्छ । दक्षिण कोरियामा अपराधमा तानिएर हिरासतमा पर्नेमा उहाँ तेस्रो राष्ट्रपति हुनुहुन्छ । उहाँलाई भ्रष्टाचारसँगै सरकारी गोप्य सूचना चुहावट गरेको आरोप लागेको छ ।