टायल मार्वल मजदुरलाई सदस्यता आह्वान

2.6K

टायल मार्वल मजदुरलाई सदस्यता आह्वान

बुटवल, १५ साउन । मार्वल तथा टायल श्रमिक संघ रुपन्देहीले त्यस व्यबसायमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले व्यबसायिक अन्तरक्रिया कार्यक्रम गरेको छ । मंगलबार योगिकुटीमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले बजारमा ठेक्केदार र घरधनीका बिचमा देखिएको असमझदारी हटाउनकालागि ठेक्केदारहरुको बिचमा स्वच्छ प्रतिस्पर्धा अपरिहार्य रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका सहायक प्रहरी निरिक्षक ज्ञानु पाण्डे व्यबसायीको एकता र स्वच्छ प्रतिस्पर्धा भए मात्रै व्यबसायिक हक हित सुरक्षित हुन सक्ने बताउनु भयो । त्यस्तै नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका उपाध्यक्ष सफातुल्ला रजाले टायल मार्वल मजदुर संघ स्वरोजगार मजदुर भएको र मजदुरको एकतामा सबैभन्दा ठूलो शक्ति हुने बताउँदै व्यबसायिक एकता अपरिहार्य रहेको बताउनु भयो । उहाँले मार्फल टायल मजदुरको व्यबसायिक हक हितकालागि नेपाल ट्रेड युनियन काँग्रेसले कसरी सहयोग गर्न सक्छ त्यसकालागि पनि तयार रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा बोल्दै मार्वल तथा टायल श्रमिक संघ रुपन्देहीका अध्यक्ष राममिलन राजवरले काम गर्दा एग्रिमेन्ट गरेर मात्रै काम गर्न र एग्रिमेन्ट अनुसारको काम गर्न आग्रह गर्नुभयो । उहाँले संघले सदस्यता लिएका व्यबसायीको मात्रै हिक हितमा ध्यान दिने भएकाले पेशागत हकहित तथा जोखिम न्यूनिकरणकालागि पनि संघको सदस्यता लिन आग्रह गर्नुभयो । संघले संस्थाको क्षमता र दुर्घटनाको आधारमा दुर्घटना बिमा कार्यक्रम बनाएको जानकारी गराउँदै अध्यक्ष राजवरले व्यबसायिको सामुहिक हक हितका लागि व्यबसायिक एकतामा जोड दिनुभयो ।

संघले व्यासायिकको व्यबसायिक मर्यादा र अनुशासन कायम गराउनकालागि अनुगमन समिति बनाएर समिति अनुगमनमा रहेको जानकारी गराउँदै उहाँले व्यबसायिक एकताकालागि संघले सदस्यता आह्वान गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले व्यबसायी बिचको अस्वस्थ्य प्रतिस्पर्धा, लिएको काम बिगारेर बिचमै छाडेर हिंड्ने, पैसा लिएर बिचमै छाडेर हिड्ने लगायतका कारण टायल मार्वलका काम गर्ने मजदुरलाई हेर्ने दृष्टि बिग्रिदै गएको उनीहरुको भनाई थियो ।

कार्यक्रममा संघका उपाध्यक्ष लोकबहादुर सारु, सचिव हेमराज खाम्चा, सदस्य रमेश गुप्ता, नेपाल नाई संघ नवलपरासीका निवर्तमा अध्यक्ष बिरेन्द्र ठाकुर, बुटवल नगर समितिका अध्यक्ष बिनोद ठाकुर लगायतले भनाई राखेका थिए ।