एघारौँ ‘कोरियाली फिल्म फेस्टिवल’ आजदेखि सुरु

526

एघारौँ ‘कोरियाली फिल्म फेस्टिवल’ आजदेखि सुरु

logoकाठमाडाँै, १८ असोज । कोरिया फाउण्डेसनले आयोजना गरेको ११ औँ ‘फिल्म फेष्टिवल’ आजदेखि यहाँ सुरु भएको छ । यही बुधबारसम्म सञ्चालन हुने सो महोत्सवमा चलचित्र हेर्ने मानिसको भीड लागेको छ । दैनिक तीन शो चलचित्र प्रदर्शन गर्ने उद्देश्य राखेको यो महोत्सवमा दक्षिण कोरियाको सामाजिक परिवेशलाई झल्काउने चलचित्रहरु प्रदर्शन गरिनेछ । आज पहिलो चलचित्र ‘अल एबाउट माइ वाइफ’ प्रदर्शन गरियो । आजै ‘अफ मर्डर’ र ‘दि थिफ’ चलचित्र देखाइने कार्यक्रम छ । मङ्गलबार र बुधबार पनि तीन÷तीनवटा चलचित्र प्रदर्शन गरिने छ ।
महोत्सवको उद्घाटन नेपालका लागि दक्षिण कोरियाली राजदूत छोए योग जिनले गर्नुभएको थियो । रासस