बुटवलमा टिभिएसको शोरुम उद्घाटन्

303

बुटवलमा टिभिएसको शोरुम उद्घाटन्

tvs

बुटवल, १ असोज । नेपालमा करिव १५ प्रतिशत बजार हिस्सा ओगटेको टिभिएस कम्पनीका मोटर साईकल बिक्रिकालागि बुटवलमा नयाँ शोरुम सञ्चालनमा ल्याईएको छ ।

केही समय अँगाडी सम्म राम्रै बजार हिस्सा ओगटे पनि टिभिएस कम्पनीका मोटर साईकल अहिले बजारमा खासै छैन । केही वर्ष अंगाडी सम्म लुम्बिनी अञ्चलमा पनि झण्डै २५ प्रतिशत बजार ओगटेको थियो । यद्यपी अहिले ज्यादै न्यून रहेको कम्पनीले पनि स्वीकारेको छ । खस्केको बजार उकास्ने गरि तार्गेट लिएर काम गरेको कम्पनीले जनाएको छ ।

त्यहि कारण पश्चिम नेपाललाई नै मध्येनजर गरेर बुटवलमा टे«निङ् सेन्टर बनाउने लक्ष्यसहित जगदम्बा मोटर्सले बिक्रि शोरुम सञ्चालन गरेको कम्पनीका उपाध्यक्ष दिपक अग्रवालले बताउनु भयो । उक्त शोरुमको उद्घाटन गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

शोरुम संगै उक्त कम्पनीले एकाध महिना भित्रै स्पेयर पार्टस र सर्भिसिङ् सेन्टर सञ्चालन गर्ने कम्पनीका सुशिल क्षेत्रीले बताउनु भयो । त्यस्तै तत्कालकालागि एक हप्ता भित्रमा कम्पनीले नै सर्भिस क्याम्प चलाउने जनाएको छ ।