उद्यमीको सीप/कला प्रतियोगिता

1.3K

उद्यमीको सीप/कला प्रतियोगिता

udhmi

भैरहवा, २ असोज । उद्योग ब्यापार संगठन रुपन्देहीको आयोजनामा महिला उद्यमीहरुको सीप÷कला प्रतियोगिता सम्पन्न भएको छ ।

महिला उद्यमशीलता विकास गर्ने र महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले केश श्रृंगार एवं महिला पहिरन तथा बुटिक प्रतियोगिता भएको हो । जसमा केश श्रृंगार÷महिला पहिरन प्रतियोगितामा इशा थापा प्रथम, सन्तोषी गुरुङ दोस्रो र गंगा गुप्ता तेस्रो भए ।

११ जना ब्युटिसियनहरुले गरेको केश श्रृंगार र पहिरनलाई मोडलहरुमार्फत प्रदर्शन गरिएको थियो । यस्तै बुटिक प्रतियोगितामा ८ जना महिला उद्यमी सहभागी भएकामा गंगा प्रधान प्रथम, सीता केसी दोस्रो र सरिता श्रेष्ठ तेस्रो भएका निर्णायक टोलीकी संयोजक ज्ञानु पौडेलले जानकारी दिइन्  ।

सो अवसरमा मन्तव्य राख्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले आधा भन्दा बढी जनसंख्या ओगटेका महिलाको  उद्यमशीलता विकासले मात्रै देशको आर्थिक समृद्धि सम्भव हुने बताए । उनले सरकारले महिला उद्यमशीलताको विकासका लागि विभिन्न नीति र योजनाहरु ल्याएकाले त्यसको लाभ लिन पनि आग्रह गरे ।

उद्योग ब्यापार संगठन रुपन्देहीका  अध्यक्ष नारायणप्रसाद भण्डारीले संगठनले महिला उद्यमशीलताको विकासका लागि महिला विभाग गठन गरी वार्षिक कार्ययोजनामै कार्यक्रमहरु तय गरे अनुसार महिला उद्यमीहरुको सीप÷कला प्रतियोगितता आयोजना गरेको बताए ।

कार्यक्रम संयोजक एवं उद्योग ब्यापार संगठन रुपन्देही महिला विभागकी उषाकिरण गुरुङले महिला उद्यमीको कला सीप प्रष्फुटनका साथै उनीहरुको व्यक्तित्व र नेतृत्व क्षमता विकासका लागि यस्ता प्रतियोगितालाई निरन्तरता दिने बताइन् ।