प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्ध

1.3K

प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्ध

PRACHANDA_NEPAL_268477e

काठमाडौं, २ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमण रद्द भएको छ । सोमबार राति संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने तयारीमा प्रधानमन्त्री दाहाल रहनु भएको थियो ।

आइतवार राति अबेर प्रधानमन्त्री दाहालले आफ्नो अमेरिका भ्रमण स्थागित गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । आइतवार मात्र भारतको चार दिने भ्रमण सकेर स्वेदश फर्किएका दाहालले संविधानप्रति असन्तुष्ट रहेकका दललाई वार्ताको माध्यमद्वारा संविधान संशोधन प्रक्रिया अघि बढाउन आफ्नो भ्रमण रोक्नु भएको हो ।

महासभामा सहभागी हुन परराष्ट्रमन्त्री प्रकाशशरण महत भारतबाटै न्यूयार्क प्रस्थान गरिसक्नु भएको छ । दसैं अगाडि नै संविधान संशोधनका विषयमा मधेसी मोर्चालाई बचन दिएका दाहालले राजनीतिक समस्याको समाधानका लागि राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रोक्नु भएको हो ।

यसबारेमा प्रधानमन्त्रीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत जानकारी गराइसक्नु भएको छ । सोमबार सरकारले पहिलो संविधान दिवस मनाउदैछ । प्रधानमन्त्रीले आफ्नो भ्रमण रोके पनि सभामुख आजै चीन प्रस्थान गर्नुभएको छ । यस्तै उपराष्ट्रपति पनि बाहिरै हुनुहुन्छ ।