
भैरहवा, ८ असोज । एती एयरलाइन्सको जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । भैरहवा गौतमबुद्ध विमानस्थलमा अवतरणको क्रममा जहाज रनवेबाट चिप्लिएर दुर्घटनामा परेको हो ।
काठमाडौँबाट भैरहवाका लागि अपरान्ह ४ः१५ मा उडेको ९एन एआइडी नंंको जहाज अवतरणका क्रममा धावनमार्गबाट घुम्ने क्रममा दुर्घटनामा परेको हो । विमान धावनमार्गको १५० मिटर दक्षिणतर्फ पुगेको छ । जम्मा २९ जना यात्रु र तीन चालकदलका सदस्य रहेको विमानमा मानवीय क्षति भने भएको छैन । केही यात्रु सामान्य घाइते भएका छन् ।
दुर्घटनास्थलमा अहिले नेपाली सेना, विमानस्थलका सुरक्षा अधिकारीलगायतले उद्धार गरिरहेका छन् । दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको नागरिक उड्डयन कार्यालय भैरहवाले जनाएको छ ।