जनउत्थानमा ३१ सयबाट ६७ करोड

239

जनउत्थानमा ३१ सयबाट ६७ करोड

janautthan

सहकारीको मोबाइल एप्स
कोटिहवा, ९ असोज । जनउत्थान बचत तथा ऋण सहकारी कोटिहवा रुपन्देहीको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारणसभाले कोषाध्यक्ष प्रदिपचन्द्र पोख्रेलले प्रस्तुत गरेको करिब ८४ करोड बराबरको अनुमानित आय÷व्यय र लेखा समितिले प्रस्तुत गरेको गत वर्षको आर्थिक कारोबारको समिक्षात्मक प्रतिवेदन लगायत विभिन्न उपसमिति संयोजकहरुले प्रस्तुत गरेको प्रतिवेदन पनि सर्वसम्मत पारित गरेको छ ।

संस्थाले विविध सामाजिक क्रियाकलापको लागि ६ लाख रुपैया विनियोजन गरेको छ । त्यस्तै संचालक, शेयर सदस्य, कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि २५ लाख ८१ ह्जार रुपैया बरावरको अनुमानित बजेट विनियोजन गरेको छ ।

यस वर्षसंस्थाले चर्पी नभएका शेयर सदस्यहरुको घरमा चर्पी बनाउन प्रति चर्पी तीन हजार रुपैया र गोबर ग्यास प्लान्ट जडान गर्ने शेयर सदस्यहरुलाई तीन हजार रुपैया दिने निर्णय गरेको छ । संस्थामा हाल १९ जना कर्मचारीहरु कार्यरत छन भने यस संस्थाको व्यवस्थापक रन बहादुर थापा नेपालभरमै बचत तथा ऋण सहकारीको व्यवस्थापकहरु मध्ये उत्कृष्ठ व्यवस्थापकको रुपमा सम्मानित हुनु भएको छ । गत साउन १ गतेबाट शेयर सदस्यहरुको सुविधाको लागि मोबाइल एप्स पनि शुरु गरेको छ ।

संस्थाको कार्यवाहक अध्यक्ष गिरी प्रसाद पुनको अध्यक्षता बचत तथा ऋण जिल्ला सहकारी संघका संचालक सदस्य श्यामलाल खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा व्यवस्थापक रनबहादुर थापा, सचिव हरिराम केवट लगायतले संस्थाको भावी योजनाको वारेमा साधारण सभाका प्रतिनिधीलाई जानकारी गराउनु भएको थियो ।

३१ जनाबाट सय सय रुपैया उठाएर २०६२ पौष १ गते दर्ता गरी स्थापना भएको १० वर्षको अवधीमा ८ हजार सदस्यबाट ६७ करोड पुजी संकलन गरेको छ। साधारण सभाको लागि ७ वटा क्षेत्रबाट आठ सय ३८ जना निवार्चित हुनु भएको थियो ।

कार्यक्रममा सबै टोल भन्दा पहिला सबै प्रतिनीधिहरुलाई समयमै उपस्थित गराउने क्षेत्र नं ३ को खैरिया टोल प्रथम, क्षेत्र नंं ४ को पश्चिम कोटिहवा द्वितीय र क्षेत्र नं. ३ कै वनकट्टी टोल तृतीय भएको थियो । त्यस्तै कार्यक्रममा सबै ७८ जना उपस्थित गराउने क्षेत्र नं ३ का क्षेत्रीय संयोजक केशकुमारी लुइटेल लगायत टोल संयोजक विरेन्द्र चौधरी, अनिल थापा श्रीस, पुनम चौधरी, मुनिदेवी उपाध्यायलाई सम्मान गरिएको थियो ।