पूर्वगृहमन्त्री चढेको कार त्रिशुलीमा बेपत्ता

401

पूर्वगृहमन्त्री चढेको कार त्रिशुलीमा बेपत्ता

trishuli

काठमाडौ, ९ असोज । पूर्वमुख्यसचिव तथा गृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुली नदीमा बेपत्ता भएको छ।

मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको कार मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरले जानकारी गराउनुभयो । मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्बरको कार आइतबार साँझ घोप्टेभिर भन्ने स्थानबाट पाँच बजेतिर सडकबाट त्रिशुली नदीमा खसेको थियो । घटनास्थल नजिक एकजना असइको शव फेला परेको छ ।

चितवनका प्रहरी प्रमुख एसपी कुँवरका अनुसार दुर्घटनास्थलबाट एक महिलासहित चारजनाको उद्धार गरिएको छ । तर, घिमिरेको अवस्था भने अज्ञात छ । कार पुरै पानीमा डुबेको र खोजीकार्य जारी रहेको कुँवरले जानकारी गराउनुभयो ।

उद्धारका लागि कुरिनटारस्थित सशस्त्र प्रहरी बलको आपतकालीन उद्धार टोली परिचालन गरिएको छ ।