पर्यटन प्रवद्र्धनकालागि ¥याली गरिने

1.3K

पर्यटन प्रवद्र्धनकालागि ¥याली गरिने

butwal

बुटवल, ९ असोज । विश्व पर्यटन दिवसको अवसर पारेर होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीले मंगलबार मोटरसाईकल तथा कार ¥याली प्रदर्शन गर्ने तयारी गरेको छ ।

बुटवल तथा आसपासका क्षेत्रमा भएका पर्यटकीय स्थलको प्रवद्र्धन गर्नकालागि उक्त कार्यक्रम गर्न लागिएको संघका अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो । ‘व्यबसायिक एकता, पर्यटन प्रवद्र्धनमा हाम्रो सहभागिता’ भन्ने नाराका साथ बुटवल क्षेत्रमा पर्यटकीय स्थल पनि छन् र बास बस्नकालागि राम्रा होटल पनि छन् भन्ने सन्देश दिनकालागि यस्तो प्रचारात्मक कार्यक्रम गर्न लागिएको हो ।

बुटवल क्षेत्रमा ऐतिहासिक जीतगढी किल्ला, आदिमानव रामापिथेकस, मणिमुकुन्द सेनको एतिहासिक सितकालिन दरबार, उक्त दरबार परिसरमा निर्माण गरिएको मणिमुकुन्द सेन उद्धान, हिलपार्क लगायतका पर्यटकी क्षेत्र भएपनि पश्चिमा मुलुकका पर्यटकहरु आउँदैनन् । उनीहरुलाई नै सन्देश दिनकालागि यो कार्यक्रम गरिएको संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद गौतमले बताउनु भयो ।

उक्त कार्यक्रम अन्तरगत संघमा आवद्ध सदस्यहरुले ¥याली सहित पर्यटकलाई ल्याएर बुटवलमा राख्नेछन् । मध्यान्न १२ बजे बेलहीया स्थित पर्यटन कार्यालयमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

उद्घाट पछि ¥याली सहित पर्यटकलाई बुटवलमा ल्याएर स्वागत गरिने छ भने बुटवल नगरपालिकाका कार्यकारी अधिकृत ध्रुबबहादुर खड्काले उक्त कार्यक्रमको समापन गर्नुहुनेछ । उक्त ¥यालीमा २ सय ५० मोटरसाईकल तथा कार प्रयोग गरिने छ ।

उक्त कार्यक्रममा सहभागि हुनकालागि संघले सबैलाई अपिल समेत गरेको छ ।