बुटवल,असोज ।संघिय मामिला तथा स्थानिय मन्त्रालयको प्रदेश स्थरिय बार्षिक प्रगती समिक्षा गोष्ठी आजबाट बुटवलमा शुरु भएको छ । देशका ७ वटै प्रदेशमा गरिने समिक्षा गोष्टि कार्यक्रम अनुशार आजबाट बुटवलमा कार्यक्रम शुरु भएको हो । प्रदेश न ५का १० जिल्ला तथा जिल्लामा रहेको सबै नगरपालिकाका एवं सम्वन्धी मन्त्रालय मातहतका कार्यलयहरुको पनि सहभागिता रहेको छ । दुइृ दिनसम्म चल्दे गोष्टिमा सबै कायाृलयहरुको प्रगती विवरण एवं समुहगत छलफल गरि निश्किर्ष निकालीने भएको छ ।
बुटवल उपमहानगरपालिकाले समन्य गरेको कार्यक्रममको एक समारोहकाविच नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास राज्य ममन्त्री श्रीप्रसाद जवेगुले उद्घाटन गर्नु भयो । कार्यक्रममको उद्घाटन गर्दै उहांले मन्त्रालय निकै महत्वपुर्ण जिम्मेबार भएर अघि बढ्नु पर्ने अवस्था आएको भन्दै मातहतका सबै कर्मचारहिरुबाट पुर्ण सहयोगको अपेक्षा समेत गर्नु भयो । कार्यक्रममा बोल्दै मन्त्रालयका सहसचिव गोपिकृष्ण खनालले अव संघिय पुनसंरचनाको छलफल अन्तिम चरणमा रहेकोले कार्यानयनको पाटोमा बढि जिम्मेबार भएर भुमिका खेलन निर्देृशन दिनु भयो । उहांले मन्त्रालयले सरकारको निर्देशन आएपछि त्यसको कार्यानयनका लागि तत्काल पत्राचार गर्ने पनि उहांको भनाई छ । विभिन्न जिल्ला विकास समिति नगरपालिकाहरुले निकै राम्रा कामहरु गरेको चर्चा गर्दै उहांले त्यस्ता कुराहरु प्रगती समिक्षा गोष्ठिमा राख्न आग्ह गर्नु भयो । उहांले रामं्रा कुरा सबैले अनुशरण गर्ने नराम्रा कुरा आजैबाट छोड्ने पनि उहांको भनाई रहेको छ । कार्यक्रममा मन्त्रालयका उपसचिव नरहरी भण्डारी, अमृत लम्शाल लगायतले बोल्नु भएको थियो ।पहलिो दिन आज समुहगत छलफल भएको र भोली मन्त्रालयको निर्देशन एवं प्रस्तुतीकरण रहेको बताइएको छ। कार्यक्रममा रुपन्देही,कपिलवस्तु, पाल्पा गुसल्मी अर्घाखाची तथा वांके, बर्दिया, रोल्पा दाङ,प्युठान जिल्लाको हसभागिता रहेको छ ।