सहकारीको लगानी उत्पादनमुलक क्षेत्रमा हुनुपर्ने

666

सहकारीको लगानी उत्पादनमुलक क्षेत्रमा हुनुपर्ने

devdaha-sakos

बुटवल, १५ असोज । रुपन्देहीको देवदहमा रहेको देवदह बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा बोल्ने बक्ताहरुले सहकारीको नीति विपरीत कुनै पनि कार्य गरिनु हुदैन भन्दै एक सहकारी एक सदस्यको अवधारणालाई अवलम्बन गरेमा सहकारीमा सुशासन कायम रहने बताएका थिए । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष भिमप्रसाद तुलाचनले सहकारीले सामुदायिक विकासमा महत्वपुर्ण भूमिका खेल्ने उल्लेख गर्दै सहकारीका सिद्धान्त अनुसार नै सहकारी चल्नु पर्ने बताउनुभयो । उहाँले सहकारीले उत्पानमुलक क्षेत्रमा आफ्ना कार्यक्रमहरुलाई लैजानु पर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, देवदह आदर्श बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष जिवलाल पराजुली,  देवदह स्वास्थ्य चौकीका ईन्चार्ज जयकिशन अधिकारी, निर्माण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामप्रसाद कण्डेल, सानाकिसान सहकारी संस्थाका अध्यक्ष टिका गौतम, तारापुञ्ज बचत तथा ऋण सहकारीका खड्कबहादुर क्षेत्री, पल्लबी बचत तथा ऋण सहकारी संस्थाका खुमप्रसाद भण्डारी, देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग लगायतले सहकारीको विकासमा सबै लाग्नु पर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलले संस्थाको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष विष्णु पौडेलले आर्थिक प्रतिवेदन पेश गर्नु भएको कार्यक्रममा स्वागत  उपाध्यक्ष ऋषिराम सापकोटाले गर्नु भएको थियो । कार्यक्रमको संचालन सचिव हरि ढुङ्गानाले गर्नु भएको थियो । कार्यक्रममा गतवर्षको प्रवेशिका परिक्षामा राम्रो अंक ल्याएर उत्तिण भएका शेयर सदस्यका छोरा छोरी तथा सहकारीमा राम्रो कारोबार गर्ने शेयर सदस्यहरुलाई र सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।