प्रतिवद्धको अधिवेशन सम्पन्न

507

प्रतिवद्धको अधिवेशन सम्पन्न

बुटवल, १५ असोज । प्रतिवद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल–७ को छैठौं साधारण सभा तथा तेस्रो अधिवेशन आज सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष विष्णु पुरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै  वचत तथा ऋण सहकारी संघ रुपन्देहीका उपाध्यक्ष बसन्त ढकालले गाँउ गाँउमा सहकारी घरघरमा रोजगारीको सिद्धान्तलाई चरितार्थ गर्नका लागि सहकारीको विकासमा सबै लाग्नुको विकल्प नभएको बताउनुभयो ।

संस्थाका उपाध्यक्ष माधव ढकालको स्वागतमा भएको कार्यक्रममा कोषाध्यक्ष लक्ष्मण गैरेले आर्थिक र लेखासंयोजक लक्ष्मण रेग्मीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा शेयर सदस्य कृष्णबन्धु अर्याल, ऋषि भट्टराई लगायतले भनाई राख्नु भएको थियो ।

२ सय १८ जना शेयर सदस्य रहेको संस्थाले आगामी दिनमा शेयर सदस्य बृद्धि गरि ५ सय बनाउने साधारण सभामा प्रस्ताव पेश गरिएको छ ।