सैनामैनामा दशै मेला सुरु

276

सैनामैनामा दशै मेला सुरु

ललित पाण्डेय/
सैनामैना, १५ असोज । स्वदेशी उत्पादन प्रयोग गरौ उद्योगीहरुको प्रोत्साहन गरौ भन्ने मुल नारा सहित सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा मुर्गियामा दोस्रो दशै मेला सुरु भएको छ ।

सैनामैनाको पर्राेहा उच्च माविको प्राङ्गणमा सुरु भएको मेलाको सांसद अब्दुल रज्जाकले उदघाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै रज्जाकले देशको महान् पर्व दशैमा लगाईएको मेलाले उद्योगी ब्यवसायिलाई मात्र प्रोत्साहन नगरेर राष्ट्र, उपाभोक्तालाई पनि प्रोत्साहित गरेको बताएका छन् ।

विदेशी कच्चा पदार्थको भरमा उद्योग सञ्चालनमा ल्याए त्यसले प्रतिस्प्रधा गर्न नसक्ने भएकाले स्वदेशी कच्चा पदार्थको प्रयोग गर्नु पर्नेमा जोड दिए । देशमा कृषि भुमी , जलस्रोत , पर्यटन क्षेत्र प्रशस्त भएकाले लगानी गरेर उद्योग सञ्चालन गर्न रज्जाकको आग्रह थियो । नेपाली काग्रेसका जिल्ला सभापति समेत रहेका रज्जाकले हालै मात्र उच्च अदालतलाई बुटवललाई नतोकेर तुल्सिपुरमा तोकिएकोमा कार्यक्रम बाट नै बिरोध जनाएका छन् ।

सबै भन्दा बढि मानिसको चाप बुटवलमा हुने भएकाले उच्च अदालत बुटवल तोकिनु पर्नेमा उनको जोड रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै रज्जाकले ३ वटा निर्वाचन बिना देशमा सविधान कार्यन्वयन असम्भव भएकाले आन्दोलमा रहेका पक्षका जाहेज माग सम्बोनमा लाग्नु पर्ने बताए ।

त्यस्तै कार्यक्रममा स्थानिय विकास अधिकारी युवराज सुवेदी , सैनामैना नगरपालिकाका ईन्जिनियर सुरज न्यौपाने , नेपाली काग्रेसका जिल्ला सदस्य फणिन्द्र शर्मा , नेकपा एमाले जिल्ला सदस्य कमला बिक , नेकपा माओबादि केन्द्रका जिल्ला सदस्य नारायण न्यौपाने , नया शक्तिका नेपालका तुल्सी कुमार भुषाल , रेडक्रशका कृष्ण पङ्गनीले बोल्दै कार्यक्रमको शुभकामना दिएका थिए ।

मेलामा सर्वसुलभ रुपमा विभिन्न खाद्यान्न पदार्थ तथा लत्ता कपडा , स्थानीय स्तरमा उत्पादन हुने मह , घिउ तथा कृषि , बैङ्क , हस्तकला ,ईट्टा, अचार , पाल्पाली ढाका टोपी सम्बन्धी विभिन्न स्टलहरु रहेका छन् । मेलामा प्रवेशको लागि सर्वसाधारणको लागि २० रुपैया, विद्यार्थीको लागि १० र बालक तथा जेष्ठ नागरिकलाई छुट गरिएको छ । मेला असोज १९ गते सम्म चल्ने छ ।