टाकुराको साधारण सभा

814

टाकुराको साधारण सभा

takura

बुटवल, १६ असोज । रुपन्देहीको तिलोत्तमा–५ शंकरनगर स्थित टाकुरा बचत तथा ऋण सहकारी संस्थाको पाँचौं साधारण सभा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष रमेश ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्षको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष बिरेन्द्र रानाको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । सचिव राजेन्द्र कुँवरको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख अतिथि दौलत बचत तथा ऋण सहकारीका अध्यक्ष शीव भट्टराईले बोल्दै विभिन्न कठिनाइका बाबजुत सहकारीहरुले सामाजिक तथा आर्थिक गतिविधिहरुलाई निरन्तरता दिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रेस यूनियन रुपन्देहीका सभापति बिक्रम खड्का, जागृति बचत तथा ऋण सहकारीका सचिव खेमराज खनाल, शेयर सदस्य लेखनाथ पौडेल, सल्लाहकार टोप बहादुर केसी, उपाध्यक्ष रजनिशचन्द्र गुप्ता, लेखा समिति सदस्य पशुपति चौधरी लगायतले बोल्दै सहकारीले हुनेखाने भन्दा हुँदा खानेहरुको पहुँचमा रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

संस्थाको हाल सम्मको अधिकृत पुँजी करीव ६० लाख र शेयर सदस्य १ सय २९ रहेको जनाइएको छ ।