
बुटवल, १६ असोज । बुटवलको नविन औद्योगिक कदरबहादुर रीता उच्च माध्यमिक बिद्यालयका क्यान्टिन सञ्चालकलाई यौन दुव्र्यबहारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
सोही बिद्यालयमा अध्ययन गर्ने एक बालिकालाई यौन दुव्र्यबहार गरेको आरोप लागेपछि उक्त बिद्यालयमा तीन वर्षदेखि क्यान्टीन सञ्चालन गर्दै आएका शारदा शाहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भएपनि पुष्टि हुने आधार प्राप्त नभएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले बताउनु भयो ।
बालिका बिद्यार्थीमाथी यौन दुव्र्यबहार भएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरेको हो । उक्त बिद्यालयमा क्यान्टिन सञ्चालन गर्दै आएका शाहले अंघिल्लो वर्ष पनि सोही बिद्यालयमा अध्ययन गर्ने एक बालिकालाई यौन दुव्र्यबहार गरेको र अभिभावकले बिद्यालयमा उजुरी गरेपछि बिद्यालयले मिलाएको थियो।
यद्यपी बिद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले उक्त कुरालाई अस्वीकार गर्नुभएको छ । उहाँले व्यक्तिका पछाडी लागेर कसैले मुद्धा बनाएको बताउँदै विवाह गरेर घरजम गरेकोले त्यस्तो काम गर्न नसक्ने पनि उल्लेख गर्नुभयो ।