
बुटवल, १९ असोज । ग्यास विक्रेता संघ रुपन्देहीले विजया दशी,शुभ दीपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा व्यवसायीहरुले एकआपसमा शुभकामना प्रकट गर्दै चाडपर्वहरुमा एलपी ग्यासको अभाव हुन नदिन आपूर्ति सहज बनाउंदै उपभोक्तालाई राहत दिनुपर्नेमा जोड दिए । चाड पर्वहरुलाई खर्चिलो र भड्किलो नबनाई मितव्ययी र सभ्य बनाउनुपर्ने पनि उनीहरुले औंल्याए ।
संघका अध्यक्ष बसन्त गौचनले नेपाली मौलिक संस्कृति र परम्परालाई संरक्षण गर्दै चाडपर्वहरु मनाउनुपर्ने बताए । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष छविलाल गैरे,महासचिव नारायण नेपाल,कोषाध्यक्ष दुर्गा गौतम,कार्यालय सचिव विष्णु अधिकारी, प्रेस सल्लाहकार टोपराज शर्मा, शाखा अध्यक्षहरु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।