
भैरहवा, १० कात्तिक । उद्योग व्यापार संगठन रुपन्देहीले नव आगन्तुक सरकारी कार्यालयका प्रमुखहरुलाई एक कार्यक्रमका बीच स्वागत तथा परिचयात्मक कार्यक्रम गरेको छ ।
संगठनले सिद्धार्थनगर नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मी, भैरहवा भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्य र सशस्त्र सीमा सुरक्षा कार्यालय भैरहवाका प्रमुख एसपी बेनु प्रसाद पाठकलाई स्वागत गरेको हो । कार्यक्रममा बोल्दै तीन वटै सरकारी कार्यालयका प्रमुखहरुले स्थानीय जनता र उद्योगी÷व्यवसायीसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
नगरपालिकाका कार्यकारी प्रमुख रेग्मीले स्थानीय जनताको सक्रिय सहभागिता र गुनासो गर्ने बानीले नै विकास निर्माण र सेवा प्रवाह प्रभावकारी हुने बताए । कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले आफ्नो संस्थाले विगत देखि नै सरकारी कार्यालयहरुसंग समन्वय गरी नगरको विकास र उद्योगी व्यवसायीका पक्षमा कार्यहरु गर्दै आएको जनाउदैं आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।
अध्यक्ष भण्डारीले बेलहिया भन्सारलाई आधुनिकरण गरी छिटोछरितो सेवा प्रदान गर्न र ट्राफिक व्यवस्थापन गर्न आग्रह गरे । संगठनका केन्द्रीय उपाध्यक्ष मनिषकुमार जोशीले स्वाधीन अर्थतन्त्र निर्माणमा टेवा पु¥याउने उद्देश्यले स्थापना भएको संगठनले सोही उद्देश्य अनुसार काम गरिरहेको बताए ।
अन्य वक्ताहरुले सिद्धार्थनगरमा ट्राफिक व्यवस्थापन, सार्वजनिक शौचालय लगायतका प्रमुख समस्याहरु विद्यमान रहेको औल्याउदै यसको समाधान गर्न कार्यालय प्रमुखहरुको ध्यानाकर्षण गराएका थिए । संगठनका उपाध्यक्ष गिरीशचन्द्र त्रिपाठीको स्वागत र महासचिव अनिलकुमार ज्ञवालीको सञ्चालनमा सम्पन्नसंगठनका तिलोत्तमा शाखा अध्यक्ष दीपक गैरे, कोषाध्यक्ष सचिन रोक्का, सह–कोषाध्यक्ष टीकाराम भट्टराई, सल्लाहकार चोपलाल आचार्य, रामु अधिकारी, कानूनी सल्लाहकार जगत रायमाझी, सचिवालय सदस्य रामचन्द्र रेग्मी, राममिलन यादव, कार्यसमिति सदस्य अब्दुल कैयम खान, फैज अहमद खान लगायतले भनाई राखेका थिए ।