अधिवेशन भएको झण्डै आठ महिना पछि कांग्रेस रुपन्देहीमा मनोनयन

1.3K

अधिवेशन भएको झण्डै  आठ महिना पछि कांग्रेस रुपन्देहीमा मनोनयन

congressssssबुटवल,कार्तिक। नेपाली कांग्रेस रुपन्देहीमा जिल्ला सदस्यहरु मनोनित गरिएको छ । कांग्रेसको संसोधित एवं परिमाजित विधानको धारा १० को उपधारा ७ ख को अधिकार प्रयोग गरि जिल्ला सभापती अब्दुल रज्जाकले १४ जना सदस्यको मनोनय गर्नु भएको बताइएको छ ।
प्रतेक निर्वाचन क्षेत्रबाट दुई जना त्यसमध्ये दलित,मधेशी र जनजाती दुई दुई जना पर्ने गरि मनोनित गरिएको हो । जस अन्तरगत क्षेत्र न १ बाट राधेश्याम कुर्मी र अमर वहादुर चौधरी मनोनित भएका छन् । त्यस्तै क्षेत्र नं २ बाट बिषेश्वर प्रसाद वश्याल र सुरेन्द्रजंग थापा परे भने क्षेत्र न ३ बाट विश्व वहादुर वानिया र वुद्धिराम हरिजन जिल्ला सदस्यमा मनोनित भएका छन् ।
त्यसैगरि क्षेत्र न ४ बाट हरि वहादुर आचार्य र रामेश्वर श्रेष्ठ परे भने क्षेत्र न ५ बाट देवि प्रसाद कंडेल र देविराम रेग्मी मनोनित भएको जिल्ला सभापती रज्जाकले बताउनु भयो ।
त्यसैगरि क्षेत्र न ६ बाट तौलन मुसलवान र दिवाकर प्रसाद दुवे तथा क्षेत्र न ७ बाट प्रकाश गुप्ता र लाल वहादुर हरिजन नेपाली कांग्रेस रुपन्देही जिल्ला कार्य समिति सदस्यमा मनोनित भएका हुन् ।
नेपाली कांगं्रेस रुपन्देहीको झण्डै एक बर्ष अघि भएको अधिवशेन अन्तरगत जिल्ला सदस्यहरुको मानोनयन भएको छ । तर जिल्ला पदाधिकारीहरुको मनोनयन भने अझै भएको छैन ।