एमाले रुपन्देहीको जिल्ला अधिवशेन विरुद्ध मुद्धा !

1.3K

एमाले रुपन्देहीको जिल्ला अधिवशेन विरुद्ध मुद्धा !

uml-rupandehiबुटवल कार्तिक । नेकपा एमाले रुपन्देहीको हालै सम्पन्न आठौ जिल्ला अधिवेशनमा कानून विपरित जिल्ला कमिटी सदस्य चयन गरिएको भन्दै अदालतमा मुद्धा दर्ता भएको छ । अधिवेशनमा जिल्ला कमिटीको खुल्ला सदस्यमा उम्मेदवारी दिएका दुईजना सदस्यले एमाले जिल्ला कमिटी, निर्वाचन समिती र दुईजना सदस्यलाई विपक्षी बनाई तुल्सीपुर उच्च अदालतको बुटवल ईजलासमा मुद्धा दर्ता गराएका हुन् ।
अधिवेशनमा खुल्ला सदस्य तर्फ उम्मेदवारी दिएका एजाज आलम र कमल प्रताप थापाले अदालतमा दर्ता गराएको मुद्धामा अधिवेशनमा अन्तिम नामावली प्रकाशन सम्म नै भूगोलतर्फ उम्मेदवारी दिएका सिद्धिचरण भट्टराई र युवराज घिमिरेलाई निर्वाचन समितीले पार्टिको विधान र निर्वाचन कार्यविधी विपरित खुल्ला सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको उल्लेख गरिएको छ ।
निवदेकहरुले भट्टराई र घिमिरे निर्वाचित भएको घोषणा गर्नु कानुनको सर्वमान्य सिद्धान्तको समेत विपरित भएको जिकीर गर्दै निजहरुको सदस्य घोषणा खारेजीको साथै खुल्ला सदस्यमा निर्वाचनको माग गरेका छन् ।
विपक्षी बनाईएका भट्टराई रुपन्देही क्षेत्र नं. १ र घिमिरेले क्षेत्र नं. ४ को भूगोल तर्फबाट उम्मेदवारी दिएका थिए । एमाले रुपन्देहीको अधिवेशन कार्तिक ६ गतेदेखि १० गतेसम्म भैरहवामा चलेको थियो । यसैविच सोहि मुद्धाको शुक्रवार भएको पहिलो पेशीले आगामी २६ गते दुवै पक्षलाई छलफलको लागि बोलाउन आदेश दिएको छ ।