तरुण दलको अध्यक्षमा जीतजंग बस्नेत, पदाधिकारीमा ४ पक्षबिच भागबण्डा

366

तरुण दलको अध्यक्षमा जीतजंग बस्नेत, पदाधिकारीमा ४ पक्षबिच भागबण्डा

jitttttttकाठमाडौं,  नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको अध्यक्षमा जीतजंग बस्नेत सर्वसम्मत चुनिनुभएको छ । पोखरामा चलिरहेको महाधिवेशनबाट बस्नेतलाई अध्यक्ष चुनिएको हो । प्रतिनिधिले चुनाव गर्न माग गरेपनि माऊपार्टी कांग्रेसका नेताहरुले अध्यक्षमा बस्नेतलाई सर्वसम्मत बनाएका हुन् । महासचिव पौडेल पक्ष, उपाध्यक्ष सिटौला पक्ष र कोषाध्यक्ष खुमबहादुर पक्षलाई दिएर पदाधिकारी चुनिएको हो । पदाधिकारीको नाम टुंगो लागिसकको र अहिले सदस्यको नाम टुंग्याउने क्रम चलिरहेको कांग्रेसका एक नेताले जानकारी दिएका छन् । सबै नाम केहीबेरमा सार्वजनिक गरिनेछ । चुनाव गर्नुपर्ने माग वेवास्ता गर्दै कांग्रेस नेताले भागबण्डा गरेर नेतृत्व चयन गरेका हुन् ।