सिद्धार्थ सिमेन्टद्धारा अर्घाखाँचीमा भेटघाट कार्यक्रम

588

सिद्धार्थ सिमेन्टद्धारा अर्घाखाँचीमा भेटघाट कार्यक्रम

siddhartha-cement

भैरहवा, ८ मंसिर । सिद्धार्थ सिमेण्ट उद्योग भैरहवाले अर्घाखाँचीमा पहिलो पटक डिलर तथा सरोकारवाला संघसस्था एवम् उपभोक्ता विच भेटघाट कार्यक्रम गरेको छ ।

काठमाडांै, पोखरा तथा तराईका जिल्लामा डिलर मिट कार्यक्रम गरिसकेको सिद्धार्थ सिमेन्टले अर्घाखाँचीको सन्धीखर्कमा भव्य रुपमा भेटघाट कार्यक्रम गरेको जनाएको छ । उक्त कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, बिभिन्न संघ सस्थाका प्रमुख, डिलर व्यावसायी तथा उपभोक्ता गरी झण्डै दुई सय जनाको सहभागिता रहेको थियो ।

सो अबसरमा उद्योगका सञ्चालक रोहित अग्रवालले सिद्धार्थ सिमेन्ट उद्योग तथा सिद्धार्थ गु्रपबारे जानकारी दिदै सिद्धार्थ सिमेन्ट उद्योगबाट उत्पादित जुनसुकै सिमेन्ट पनि ढुक्क भएर प्रयोग गर्न आग्रह गर्नु भयो । उहाँले सहभागिहरुलाई स्वागत गर्दै सिद्धार्थ सिमेन्ट उद्योगले गुणस्तरमा बिशेष ध्यान दिएको बताउदै ढुक्कका साथ प्रयोग गर्न सबैलाई आग्रह गर्नु भयो ।

उहाँले सिद्धार्थ गु्रप स्थापना भएको ३० बर्ष भएको उल्लेख गर्दै सिद्धार्थ गु्रपको पहिलो उत्पादन सिद्धार्थ आयाल उद्योग र सिद्धार्थ आयाल एण्ड रिफाईनरी उद्योग त्यस पश्चात स्थापना भएको बताउनु भयो । उहाले सिद्धार्थ सिमेन्ट स्थापना भएको १३ बर्ष भएको उल्लेख गर्दै यस अबधिभर सम्म आम उपभोक्ताले सिद्धार्थ सिमेन्ट उद्योगका उत्पादनहरु प्रति गहिरो बिस्वास रहेको बताउनु भयो ।

जिल्ला बिकास समिति राजश्व शाखा अधिकृत शेषकान्त वसन्तको सञ्चालनमा भएको कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् उद्योग बाणिज्य संघ अर्घाखाचीँका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, निमार्ण व्यवसायि संघ अर्घाखाँची ऋषिराम अधिकारी लगाएतले बोल्दै सिद्धार्थ सिमेन्टले आफ्नो बिश्वासलाई अझै उचाईमा पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

सिद्धार्थ सिमेन्टका महाप्रबन्धक अरुण अग्रवालले पहाडि जिल्लामा पनि सिद्धार्थ सिमेन्टको बिश्वास उत्तिकै रहेको उल्लेख गर्दै अझै बिस्तार गर्दै जाने बताउनु भयो । उपभोक्ताको बिस्वासकै कारण आफुहरु अगाडि बढ्न सकेको बताउदै अझै सक्षम र सबल बन्दै जाने बताउनु भयो ।
उहाँले सिद्धार्थ सिमेन्ट उद्योग कोलोज सर्किट टेक्नोजोजीबाट सञ्चालित भएका कारण यसबाट उत्पादित सिमेन्टहरु उच्च गुणस्तरको हुने दावि समेत गर्नु भयो ।

उहाले यस प्रबिधिको माध्ययमबाट गुणस्तरीय सिमेन्ट मात्रै प्याकिङ हुने हुदा सिद्धार्थ सिमेन्टका उद्योगका उत्पादन प्रति ढुक्क हुन आग्रह गर्नु भयो । यस उद्योगबाट सिद्धार्थ बुलन्द ओपिसी र सिद्धार्थ पिपिसि ब्राण्डको सिमेन्ट बजारमा ल्याएको छ । सिद्धार्थ सिमेन्ट उद्योग अन्तरगत देशभर ४ सय बढी डिलर रहेको उहाँले बताउनु भयो । सो अबसरमा सिद्धार्थ ग्रुपले आगामि दिनमा होटल तथा हस्पीटल लगाएतका क्षेत्रमा पनि लगानी गर्ने बताईएको छ ।

सो अबसरमा नेकपा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझी, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल, सबुझ गणका गणपति विकास शाक्य लगाएतको सहभागिता रहेको थियो ।