
भैरहवा, २० फागुन । पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पुर्व सभापति स्वर्गीय कृष्ण प्रसाद भट्टराईको छैठौ स्मृती दिवस मनाईएको छ ।
सन्तनेता भट्टराईको स्मृती दिवसको अवसरमा आज नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको अन्तरक्रिर्या कार्यक्रममा गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व रहेको चर्चा गरियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका पुर्व सभापति रामचन्द्र ढकालले भट्टराई स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा रहेको भन्दै उनले देखाएको बाटोमा हिड्नु पर्ने बताए । उनमा गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता रहेको भन्दै त्यस्तो क्षमता सवै राजनीतिज्ञले अनुसरण गर्नु पर्ने उनले बताए । नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं सांसद अबदुल रज्जाकले भट्टराई मुलुकमा प्रजातन्त्र बहालीको लागि अनवरत सघर्षको पर्याय बनेको चर्चा गरे ।
राजनीतिले जनविश्वास गुमाउँदै गएको बेला राजनीतिमा त्याग, निस्वार्थ तथा इमान्दारिताको पर्याय बनेका भट्टराई सबैका लागि पथ प्रदर्शक रहेको उनले बताए । भट्टराई नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातका पहिला प्रधानमन्त्री हुन । यिनी वि.सं. २००३ सालमा नेपाली कांग्र्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए ।
यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए । भट्टराई वि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए । सभापति रज्जाकको सभापतित्व, सचिव रामकृष्ण खाणँको सचांलन, कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेको स्वागतमा सम्पन्न कार्यक्रममा पुर्वराज्य मन्त्री दुर्योधन सिंह चौधरी, अग्रज नेता बलदेव शर्मा, नेपाली काग्रेस क्षेत्र नं ४ का क्षेत्रीय सभापति हरी लम्साल, नेताहरु हरीबहादुर क्षेत्री, मनोरमा शेरचन, बाबुराम पौडेल, पार्वती न्यौपाने, यमबहादुर खत्री, घनश्याम बिक लगायतले बोल्दै भट्टराईको योगदान र ब्यक्तीत्वको चर्चा गरे ।