ओभरटेक गर्दा अर्को सवारीलाई ठक्कर दिए ज्यान मुद्दा

513

ओभरटेक गर्दा अर्को सवारीलाई ठक्कर दिए ज्यान मुद्दा

बुटवल, २६ फागुन । दुर्घटनाको ७५ प्रतिशत कारण स्वयम् चालक भएको प्रहरीले बताएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले आज पत्रकार सम्मेलन गरी कुल दुर्घटनाको ७५ प्रतिशत (५० प्रतिशत लापरवाही र २५ प्रतिशत तिब्र गति) कारण चालकको लापरवाहीले र ५ प्रतिशत पैदल यात्रुको कारणले हुने गरेको बताएको हो ।

प्रहरीले दिएको तथ्याङ्क अनुसार पश्चिमाञ्चल क्षेत्रमा अंघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको माघ मसान्त सम्ममा दुर्घटनामा ४.१ प्रतिशत कमी भएपनि मानिसको मृत्युमा १६ प्रतिशत बृद्धि भएको छ । आर्थिक वर्ष २०७२/०७३ मा ८८२ वटा दुर्घटना भएका थिए भने चालु आर्थिक वर्षको हालसम्म ८४६ वटा दुर्घटना भएका छन् । जसमा अधिकांश दुर्घटनाको कारण चालकको लापरवाही भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक (एसपी) कृष्णहरी शर्माले बताउनु भयो ।

चालकको लापरवाही, सवारीको गति तिब्र बनाउने, यात्रुको हेलचेक्र¥याईका दुर्घटनाका प्रमुख कारण हुन् । पश्चिमाञ्चलमा ४ लाख ९५ हजार ६ सय ५९ वटा सवारी दर्ता भएका छन् । जसमध्ये ३ लाख ३९ हजार २ सय ९१ वटा मोटर साईकल मात्रै सडकमा गुड्छन् । त्यसमध्ये पनि हाईवेमा ५२ प्रतिशत, शहरी सडकमा १९ प्रतिशत र ग्रामिण सडकमा २१ प्रतिशत दुर्घटना भएका छन् ।

पहाडी क्षेत्रमा हुने दुर्घटना रोक्न नवलपरासीको दाउन्ने क्षेत्रमा ४८ र पाल्पामा ३१ वटा मिरर् जडान गरिएको छ । मोडमा अर्को तर्फबाट आएको सवारी सजिलै संग देख्न उक्त मिरर्ले मद्दत गर्ने हुदा दुर्घटना न्युनिकरण हुने प्रहरीको दावी छ । दुर्घटना रोकथामकालागि प्रहरीले चालक÷परिचालक, बिद्यार्थी, सर्वसाधारणलाई प्रशिक्षण, पर्चा पम्पलेट वितरण लगायतका जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ । चालकले लापरवाही गर्ने प्रबृत्तिलाई निरुत्साहित गर्न र चालकलाई जिम्मेवार बनाउनकालागि प्रहरीले लापरवाही तरिकाले सवारी चलाउने चालकको लाईसेन्समा प्वाल पार्ने, कार्यालयमा नै ल्याएर प्रशिक्षण गर्ने सम्मका कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनु भयो ।

‘आर्थिक रुपमा जरिवाना गरेर मात्रै चालकको बानी सुधार गर्न नसकिने रहेछ ।’ प्रहरी उपरिक्षक शर्माले भन्नुभयो–‘मापसे अभियानको सिकाई पनि हो, चालकलाई अलिकति दुःख दिने हो भने सुधार हुनसक्छ की भनेर लाईसेन्समा प्वाल पार्ने र कार्यालयमै ल्याएर प्रशिक्षण गर्न थालिएको हो ।’  कानुनमा गल्ती गरेर दुर्घटना गराउने चालकलाई सर्वस्वसहित जन्मकैदको व्यबस्था छ । तर अहिलेसम्म दुर्घटना गराएर मानिसको ज्यान गएको छ भने १७ दिन थुनामा बसेर २ हजार रुपैंया धरौटीमा छुट्ने गरेका छन् । यसले पनि चालकले लापरवाही गरेर सवारी चलाउने र दुर्घटना गराउने गरेको उहाँले बताउनु भयो । ‘चालकको लापरवाहीका कारण कसैको पनि ज्यान जानु हुँदैन ।’ उहाँले भन्नुभयो–‘अव त्यस्ता चालकलाई मुद्दा चलाउने तयारी हामीले गरेका छौं ।’’ओभरटेक गर्दा अर्को गाडीलाई ठक्कर दिने चालकलाई मुद्दा चलाउनुपर्छ भन्ने विषयमा केन्द्रमा लविङ्ग गरिरहेका र्छौ ।’

ट्राफिक प्रहरीले यात्रुलाई झुण्ड्याएर यात्रा गराउने, सडक बिचमै सवारी साधन रोकेर यात्रुलाई चढाउने/उतार्नेलाई पनि कारवाहीको दायरामा ल्याउने तयारी गरेको छ । ट्राफिक नियम विपरित स्वरुप परिवर्तन गरेका ४५६ मोटरसाईकल, असुरक्षित हेलमेट प्रयोग गर्ने ७७ जना, कालो सिसा लगाएका १४३ कारलाई कारवाही गरेको जनाएको छ ।

अपराध नियन्त्ररणकालागि पनि प्रहरीले यस्ता कार्यक्रमलाई अंगाडी बढाएको जनाएको छ । प्रहरीले पश्चिमाञ्चल क्षेत्र भरिमा ८१३ वटा ट्रयाक्टरमा रिफ्ल्याक्टर लगाएको, ५ हजार ८४० वटा सवारी साधनको नम्बर प्लेट सुधार गराएको, ७७६ वटा लाईसेन्समा प्वाल पारेको पनि जनाएको छ ।