रामराज पोख्रेल
दुई दशक पछि स्थनीय निर्वाचन भएको छ । तीन चरणमा तोकिएको स्थानीय निर्वाचनको दोस्रो चरणमा छिटफुट घटनाबाहेक खासै अप्रिय घटना भएनन् । जसका कारण निर्वाचन सामान्य रुपमै भयो ।
पहिलो चरणमा ३१ जेठ र दोस्रो चरणमा १४ असारको निर्वाचनको परिणामलाई हेर्दा परम्परागत रुपमा चलिरहेका ठूला दलहरु नै बोलवाला देखिएका छन् । यसमा पनि तीन ठूला दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र नै अंगाडी देखिएका छन् ।
संसदको अंकगणितलाई हेर्दा पनि यीनै दलहरु नै क्रमशः माथिबाट तलको अवस्थामा छन् । यस्तो अवस्थालाई भत्काउनको लागि दलहरुले ठूलै प्रयास गरेको देखियो । तर कहीँ सफलता त कहीँ असफलता देखिएको छ ।
पहिलो चरणमा मुलुकको राजधानी काठमाण्डौ महानगरपालिकामा काँग्रेसको किल्ला भत्काउने नाममा दुई ध्रुवमा विभाजित शक्तिहरु एमाले र राप्रपा बिचमा तालमेल भयो । तर त्यसबाट एमालेले फाईदा उठाएपनि राप्रपा भने शुन्यकै अवस्थामा पुग्यो ।
काँग्रेस–माओवादी केन्द्रले पनि चितवनमा तालमेल गरे । तर पनि त्यसले उपलब्धि खासै दिएन । एवम् रितले पहिलो चरणमा कतै एमाले–राप्रपा, कतै एमाले–माओवादी केन्द्र, कतै काँग्रेस–माओवादी केन्द्र गरी स्थानीय रुपमा बलियो शक्तिलाई ढाल्ने नाममा तालमेल भएपनि सारमा त्यसले खासै सार्थकता पाएन ।
पहिलो चरणको तितो यथार्थतालाई बुझ्दाबुझ्दै दोस्रो चरणमा पनि स्थानीय बलियो शक्तिलाई पछार्ने भन्दै तालमेल गरे । तर दलका कार्यकर्ता र जनताले खासै रुचाएको पाईएन ।
चुनावी सिलसिलाकै क्रममा रुपन्देही जिल्ला पनि मुलुकको मध्ये भागमा भारतसंग सिमा जोडिएको व्यापारिक केन्द्र भएकाले सबैका आँखा पर्नु स्वभाविक नै हो ।
जिल्लाको करिव आधा भाग मधेशमा पर्ने र त्यहा मधेशीकै बाहुल्यता रहेको क्षेत्र हो भने आधाजसो भाग पहाडी भेगबाट आएका पहाडीया समुदायका व्यक्तिहरुको बाहुल्यता भएको क्षेत्र हो ।
जसमा राजनीतिक रुपमा विगतदेखि नै मधेशी मुल र पहाडीया मुलका व्यक्तिहरुले बराबरी जस्तो गरी नै नेतृत्व गर्दै आएको जिल्ला पनि हो । मुलुकका दुई ठूला दलमध्ये काँग्रेसको मधेशी समुदायमा बढी, पहाडीया समुदायमा कम प्रभाव भएको र एमालेको पहाडीया समुदायमा बढी, मधेशी समुदायमा कम प्रभाव छ ।
जसमध्ये पहाडी समुदाय भएको क्षेत्रमा बढी जनसंख्या र स्थानीय निकाय पर्दछन् । काँग्रेसले जिल्लाका सबै क्षेत्रमा राम्रैगरी निर्वाचनको माहौल बनाएको थियो भने एमालेले मधेशी क्षेत्रमा खासै माहौल ल्याउन सकेन ।
२०४६ सालको परिवर्तन पश्चात रुपन्देही जिल्लामा काँग्रेसले आफूलाई पहिलो शक्तिका रुपमा हरेक पटकका निर्वाचनमा स्थापित गरेतापनि यस पटकको निर्वाचनमा संगठनलाई जिल्लाभरमै भएको भनेपनि निर्वाचनको परिणाम हेर्दा गिर्दो अवस्थामा छ ।
२०६४ को पहिलो संविधान सभा निर्वाचनमा एउटा मात्रै क्षेत्रमा चित्त बुझाएको काँग्रेसले २०७० को दोस्रो संविधान सभा निर्वाचनमा तीन वटा क्षेत्रलाई आफ्नो पोल्टामा पारेको थियो ।
यहि असार १४ गते सम्पन्न दोस्रो चरणमा भएको स्थानीय निर्वाचनमा काँग्रेसले किन न्यून परिणाममा चित्त बुझाउनु पर्यो भन्ने विषयमा अहिले स्थानीय तथा राष्ट्रिय रुपमा चर्चा हुन थालेको छ ।
एकातिर चोक चोक र चिया पसलमा समेत काँग्रेसकै बारेमा चर्चा सुनिन्छन् भने अर्कोतर्फ जिवनभर काँग्रेसको पक्षमा लागेका सुभेच्छुकहरु आश्चर्यमा पर्दै तनाव र निराशामा देखिन्छन् र भन्छन्–‘के साँच्चै काँग्रेसको गति लिक भन्दा बाहिर गएकै हो त ?’
काँग्रेसले यो निर्वाचनमा जिल्लामा प्राप्त गरेको परिणाम, निराशा र तनावमा रहेका कार्यकर्ताका गुनासालाई केलाउँदा एउटा मात्रै होईन थुप्रै कारणहरुले काँग्रेस कमजोर देखिएको छ ।
प्रदेश विभाजनको एजेण्डा ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदाकै वखत संसदमा पेश गर्ने तयारीमा भएतापनि काँग्रेस माओवादी गठबन्धनको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा प्रदेश नं. पाँचमा पर्ने लुम्बिनी र राप्तीका पहाडी जिल्लालाई अलग गर्ने गरी संविधान संशोधन दर्ता भयो । त्यसको विपक्षमा यहाँका पहाडीया समुदायलाई एमालेले राम्रैसंग उपयोग गर्यो तर त्यसलाई चिर्न काँग्रेसले सकेन र स्वतन्त्र मतदताले काँग्रेसको विपक्षमा मत जाहेर गर्ने मनस्थिती बनाएको काँग्रेसका नेताहरुले पत्तो नै पाएनन् ।
भातृ संगठनहरु निकृय ः काँग्रेसले आफ्नै भातृ संगठनहरुको केन्द्रीय अधिवेशन गर्यो तर रुपन्देही जिल्लामा भने नेपाल बिद्यार्थी संघ, नेपाल महिला संघ, किसान संघ, भूपू सैनिक संघलगायतका संगठनहरुलाई बिस्तार नगरी विवादमै राखिरह्यो । जसले आन्तरिक द्वन्द्वलाई चरम अवस्थामा पु¥याई एकले अर्कोलाई अस्वीकार गर्ने काम भईरह्यो । जसले स्थानीय निर्वाचनमा प्रत्यक्ष रुपमा नै नकारात्मक प्रभाव पार्यो ।
कमजोर संगठन ः काँग्रेस आफ्नो संगठन जिल्लाभर भएको दावी गर्छ तर निश्चित घेरा र व्यक्तिमा मात्रै सिमित छ । यसको प्रभाव जनतामा छैन । जसले गर्दा वेलावेलामा हुने निर्वाचनमा प्रभाव पार्छ । जुन यसपटक पनि गम्भिर रुपमा नै पा¥यो ।
आम निर्वाचन र आन्तरिक प्रतिस्पर्धा ः पार्टीमा आन्तरिक प्रतिस्पर्धा सबैमा हुन्छन् । तर पार्टी भित्रको प्रतिस्पर्धालाई आम निर्वाचनमा समेत साँध्ने र एक अर्कालाई घात गर्ने मनोबृत्ति समेत यो निर्वाचनमा देखियो । जसलाई आम निर्वाचन र आन्तरिक निर्वाचन फरक हुन् भन्ने कुरा नेतृत्वले कार्यकर्तालाई बुझाउन सकेन ।
स्प्रष्ट एजेण्डा नहुनु ः प्रधानमन्त्री आफ्नै पार्टीका सभापति देउवा भएको र पार्टीले गरेका निर्णयहरु जस्तैः– अख्तियार प्रमुख लोकमान सिंह कार्की माथिको महाभियोग, प्रधानन्यायधिश सुशिला कार्की माथिको महाभियोग, नेपाल प्रहरीको प्रमुख बनाउने विषयको विवाद, मुलुकको सिमांकन जस्ता राष्ट्रिय एजेण्डाका बिषयमा पार्टीगत रुपमा नेतृत्वले जनतामा स्प्रष्ट भिजन दिन नसक्नुले पनि यो निर्वाचनमा ठूलै जनमत गुमाएको देखिन्छ ।
अभिभावकत्वको अभाव ः जसरी एमाले नेताहरु विष्णु पौडेल, घनश्याम भुसाल लगायतका शिर्ष तहका नेताहरु जिल्लाकै टोलटोल र घरघरमै गएर स्वतन्त्र मतदातालाई आफ्नो पक्षमा सकारात्मक बनाउने काम गरे । त्यस्तो काम काँग्रेस नेतृत्वबाट हुन सकेन । केवल पार्टी भित्रबाट टिकट दिए, जनमत फकाउन तिर रत्तिभर लागेनन् बरु भर्खर गठित सरकारमा मन्त्रीमण्डलकालागि नेतृत्वको अंघिपछि लागेर भनसुनमा बढी समय राजधानीमै खर्चिए । जसले गर्दा जिल्लामा पार्टीको साख यसरी गिर्ला भन्ने हेक्का समेत गर्न पाएनन् ।
कमजोर गठबन्धन ः काँग्रेस–माओवादीले बुटवल र देवदह नगरपालिकामा मात्रै मेयर र उपमेयरमा तालमेल गर्ने नेतृत्वको कार्यलाई र्काकर्ताले स्वीकार गरेनन् । तालमेल वडा तहबाटै जिल्लाका सबै स्थानीय तहमा गरेको भए अहिले जुन अवस्थामा पार्टीको साख गिरेको छ, त्यस्तो नहुने निश्चित थियो र गतिलोगरी गठबन्धन नगर्दा दुबै दल भुलभुलैयामा परे । जसले चुनावी माहौल समेत बनाउन सकेनन् । फलस्वरुपः त्यसको फाईदा मुख्य प्रतिस्पर्धी एमालेले नै उठायो ।
नेताको व्यक्तिगत स्वार्थ ः गठबन्धन गर्ने र उम्मेदवार बनाउने काममा सैनामैना नगरपालिका लगायतका निकायमा गठबन्धन गर्न नमान्नु र जिल्लाका शिर्ष तहमा रहेका स्थानीय नेताहरुले स्वार्थ साँध्दा गम्भिर समस्या आयो । जसले गर्दा पुराना र बढी क्रियाशिलहरुमा निराशा देखियो । त्यसलाई व्यबस्थापनतिर भन्दा पनि हेपाहा प्रबृत्तिका आधारमा पेलेर अंगाडी बढ्ने काम भयो, जसले गर्दा परिणाम उल्टियो ।
साँघुरो घेरा ः उम्मेदवारले कसका कुरा कत्ति सुन्ने, विश्वास पात्रका रुपमा कसलाई राख्ने, कार्यकर्ता कसरी परिचालन गर्ने भन्ने योजना नबनाई साँघुरो घेराभित्र मात्र सिमित रहेर निर्वाचन परिचालन गर्दा आम कार्यकर्ता काम नपाई वेरोजगार अवस्थामा हुनुले पनि निर्वाचन काँग्रेसको पक्षमा देखिएन ।
मिडिया परिचालनमा कमजोर ः जिल्लामा थुप्रै मिडिया र मिडियाकर्मी भएपनि खासमा तिनीहरुको परिचालनमा खासै ध्यान उम्मेदवार र पार्टी नेतृत्वले पु¥याएन । फलस्वरुपः केही स्थानीय मिडियाले त स्वतन्त्र मतदातालाई प्रभावमै पार्नेगरी अन्तिम अवस्थामा काँग्रेसका उम्मेदवारका विपक्षमा विभिन्न नाममा प्रोपोगाण्डा नै गरे । जसले गर्दा केही भोट घटाउनमा भूमिका खेल्यो ।
मतदान शिक्षाको अभाव ः कतै गठबन्धन गरियो त कतै गरिएन । तर दुबैमा मतपत्र बढी बदर काँग्रेस उम्मेदवारकै भएका छन् । विपक्षीले पटक–पटक आफ्ना समर्थकलाई मतदानको बारेमा सचेत गराए भने काँग्रेसका उम्मेदवारले त्यसबारेमा खासै ध्यान दिएनन् । जसबाट पनि केही मतको कमी भयो ।
साना दललाई मिलाउन नसक्नु ः प्रत्येक नगर, गाउँ तथा वडामा साना दलका मतहरु पनि थिए । त्यसतर्फ अधिकांश उम्मेदवार र पार्टीको नेतृत्वले आफ्नो पक्षमा मत तान्ने काम नगर्दा त्यसको फाईदा विपक्षीले उठाए । जसले थोरै मतान्तर भएका ठाउँमा पराजित हुनु पर्यो ।
पहिलो शक्तिको रुपमा रहेको नेपाली काँग्रेसको साख एकाएक गिरेपछि पुरानै अवस्थामा पु¥याउनकै लागि परम्परागत शैली र पद्धतीलाई त्यागि संगठनलाई गतिशिल तथा चलाएमान बनाउन पार्टीलाई मासका भरमा होईन, संगठनका आधारमा अंगाडी बढाउनु पर्दछ ।