बुटवल, २६ असार ।
पाल्पामा जिपलाई खोलाले बगाउ“दा चार जना वेपत्ता भएका छन् । तानसेन–झडेवा सडक अन्तर्गत मदनपोखरा र कसेनी जोड्ने तिनाउ पुलबाट जिप बगाउ“दा जिपमा सवार चार जनालाई खोलाले बगाएको हो । जिल्ला वन कार्यालयका चालक तिलविर गाहा, उनकी श्रीमती कृषि विकास कार्यालयमा कार्यरत माया गाहा, तानसेन भुसालडा“डाकी उषा श्रेष्ठ, र बगनासकाली, २ नायरका पदमबहादुर कवर मगर वेपत्ता भएको प्रहरीले जनाएको छ । तिनाउ खोला वरपर अहिले प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले खोजीकार्य जारी राखेका छन् । यस अघि पनि यहा यस्तो घटना भइरहेको स्थानीयले बताएका छने । यता बुटवलको तिनाउ नदिमा आएको वाढिका कारण सर्बसाधारणहरु त्रसिद बनेका छन् । यो बर्षकै ठुलो वाढि आएको हो ।