बुटवल, साउन ७ गते । चितवनको क्यापिटल प्लस र बुटवलको सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीको संयुक्त आयोजनामा बुटवलमा एक दिने शेयर तालिम सप्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अथिती नेपाल उद्योग सघका केन्द्रिय सदस्य एवम् बुटवल उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले शेयरकारोबारबाट राम्रो आम्दानी गर्नको लागि राम्रो ज्ञान हुनुपर्ने औल्याउँदै यस्ता शेयर तालिम त्यसको पुर्ती गर्नेमा विस्वास व्यक्त गर्नुभयो।
शेयरकारोबार गर्नको लागि चाहिने आधारभुत ज्ञान प्रदान गर्ने उदेश्यले तालिम आयोजना गरिएको आयोजकले बताएका छ्न ।
करिव १७५ जना सहभागी रहेको तालिममा थ्रीएस इन्भेस्टमेन्ट कम्पनी काठमाडौका प्रमुख कार्यकारी अधिकृत सन्तोषराज बझगाइ तथा समृद्धि क्यापिटल कम्पनी लिमिटेड काठमाडौका हेड अफ रिसर्च एन्ड आइटी कृष्ण गिरीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा क्यापिटल प्लसका अध्यक्ष कमल पौडेल, आर्यातारा ब्रोक्ररका टेकराज भट्टराई, तालिममा सहभागी चन्द्रदेव पौडेल र गिता रानीले शेयरतालीमले बुटवलमा शेयरको कारोबार बढाउने बताएका थिए ।
कार्यक्रम सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेको अध्यक्षता, प्रबन्ध निर्देशक माधव प्रसाद पाण्डेको स्वागत तथा सन्चारकर्मी अर्जुन ज्ञवालीको सन्चालनमा सप्पन्न भएका ेथियो ।