ग्रामिण बैंकको वार्षिकोत्सवमा बिबिध कार्यक्रम

612

ग्रामिण बैंकको वार्षिकोत्सवमा बिबिध कार्यक्रम

बुटवल,  साउन । नेपाल ग्रामिण बिकास बैंकको तस्रो बार्षिकोत्सव बिभिन्न कार्यक्रम सहित मनाईएको छ ।

पाँच बिकास क्षेत्रमा आर्थिक कृयाकलाप गर्दै आएका ग्रामिण बिकास बैंकहरु मर्जर गरि एक भएको नेपाल ग्रामिण बिकास बैंकले वार्षिकोत्सवको अवसरमा रक्तदान, अनाथ बृद्धबृद्धालाई खाद्य सामाग्रि वितरण, बृक्षारोपण, स्वास्थ्य शिबिर लगायतका कार्यक्रम गरेको हो ।

वार्षिकोत्सवको औपचारिक कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष मानिकरत्न शाक्यले बैंकलाई नाफामा लैजानकालागि कर्मचारीहरु बैंकले लिएका नीतिमा प्रतिवद्ध भएर लाग्न आग्रह गर्नुभयो । उहाँले विपन्न वर्ग र ग्रामिण क्षेत्रलाई लक्षित गरेका कार्यक्रम गर्ने भएकाले कर्मचारी त्यसतर्फ सचेत निश्कृय कर्जालाई घटाउने गरी काम गर्न आग्रह गर्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले बैंकले ७ अर्व ७२ करोड कर्जा प्रवाह गरेको, २ लाख १० हजार सदस्य बनाएको जानकारी गराउँदै १ लाख ३५ हजार ऋणी रहेको जानकारी गराउनु भयो ।

उहाँले बैंक मर्जर गर्दा करिव ७६ करोड घाटामा रहेको र अहिले बिस्तारै प्रगति हुँदै गएको बताउँदै अहिले करिव ३४÷३५ करोडमा झरेको जानकारी गराउनु भयो । पछिल्लो समयमा निश्कृय कर्जा पनि घटेको र चालु वर्षमा ९ अर्व कर्जा प्रवाह गर्ने लक्ष्य रहेको उहाँले जानकारी गराउनु भयो । यद्यपी गत आर्थिक वर्षमा खुद सञ्चालन आम्दानीमा गिरावट आएकोक उहाँले बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक सिद्धार्थ नगर शाखाका निर्देशक रेवतीप्रसाद नेपालले राष्ट्रबैंकले बनाएको नीति अनुसार चल्न सुझाव दिनुभयो । राष्ट्र बैंकले कुनै एउटा बैंकलाई भन्दा पनि समग्र बैंक तथा बित्तिय संस्थालाई लक्षित गरेर नीति नियम बनाउने भएको त्यसबाहेक नजान र बैंकको प्रतिस्पर्धात्मक क्षमता बढाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक खस्यौली शाखाका प्रवन्धक शंकर पहारी, ट्रेड युनियन सम्वद्ध बैंकका कर्मचारीहरु रमेश जिसी, नवराज ढकाल, कम्पनी सचिव दिपक पाण्डेलगायतले शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा उत्कृण काम गर्ने कर्मचारीहरुलाई नगद सहित सम्मान गरिएको थियो भने सहयोगि संघसंस्थालाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

तेस्रो वार्षिकोत्सवको अवसरमा सोमबार नै बैंकले तिलोत्तमा नगरपालिकाको बनबाटिका परिसरमा बृक्षारोपण, बुटवल २ पाखापानीमा रहेको सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैंजु बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई खाद्य सामाग्रि वितरण गरिएको आईतबार प्रधान कार्यालय बुटवलमा रक्तदान गरिएको थियो ।

त्यस्तै शनिबार सुद्धोधन गाउँपालिका वडा नं. १ भुजौलीमा स्वास्थ्य शिबिर गरिएको थियो । उक्त स्वास्थ्य शिबिरमा साढे ५ सयले स्वास्थ्य परिक्षण गराएको बैंकले जनाएको छ ।