बुटवल, ३ भदौ । होटल तथा रेष्टुरेण्ट व्यबसायी संघ रुपन्देहीको शाखाको रुपमा रहेको पर्रोहा शाखाले उक्त संस्थासंग सम्बन्ध तोडेर सैनामैना होटल तथा रेष्टुरेण्ट व्यबसासयी संघ गठन गरेका छन् । जिल्ला भरी होटल व्यबसाय गरेका व्यबसायीलाई संगठित गर्ने गरी जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गरी अनुमति प्राप्त गरेको नवगठित संघका अध्यक्ष नारायण खरेलले जानकारी दिनुभयो ।
संघले शनिबार सैनामैनाको मुर्गियामा पत्रकार सम्मेलन गरेर आफूहरु स्वयत्त संस्थाको रुपमा संस्था दर्ता गरि व्यबसायीलाई संगठित गर्ने अभियान सुरु गरेको जानकारी गराएको हो । सैनामैना नगरपालिकामा हाल करिव ५ सय व्यबसायीले होटल तथा रेष्टुरेन्ट व्यबसाय गर्ने र त्यसमध्ये ३ सय बढीको सदस्यता फारम आएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
त्यसबाहेक सुद्धोधन, सूर्यपुरा, गैडहवा लगायतका स्थानीय तहमा सदस्यता बिस्तार गर्ने तयारी भईरहेको पत्रकार सम्मेलनमा संस्थाका सल्लाहकार ढुण्डिराज न्यौपानेले जानकारी गराउनु भयो ।
नवगठित समितिको अध्यक्षमा नारायण खरेल, वरिष्ठ उपाध्यक्षमा नेत्र घिमिरे, उपाध्यक्षमा गीता गौली, महासचिवमा नारायण सेन, सचिवमा झविन्द्र पोख्रेल र कोषाध्यक्षमा राजेन्द्र तिमिल्सिना रहनु भएको छ । त्यस्तैगरी समितिको सदस्यहरुमा किरण काफ्ले, छवी शर्मा न्यौपाने, सुरेश दर्लामी, ऋषिराम पौडेल, हरिनारायण चौधरी, दुर्गाबहादुर कार्की, लालुराम पाण्डे, यमलाल पन्थ, खेमराज पौडेल, प्रेम पोखरेल, शान्ति थापा, कुशल पौडेल र कमलकुमार प्रधान रहुन भएको छ ।
पत्रकार सम्मेलनमा जिल्ला संघले सबैलाई समेट्नेगरी भूमिका निर्वाह गर्न नसकेको महशुस गरि छुट्टै संस्था स्थापना गरिएको महासचिव नारायण सेनले बताउनु भयो । नवगठित संघले लुम्बिनी र ढोरपाटनलाई जोडेर त्यसको ट्रान्जिक्ट पोईन्टका रुपमा सैनामैनालाई बिकास गर्ने लक्ष्य लिएको छ ।