बुटवल, ७ भदौ । रुपन्देही जिल्लामा संगठित व्यबसायिक संस्थाहरुको सञ्जालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा राहत रकम प्रधान गरेका छन् । पश्चिम नेपाल बस व्यबसायी समितिमा बुधबार स्वागत तथा राहत हस्तान्तरण कार्यक्रमको आयोजना गरि संकलित रकम पश्चिम नेपाल बस व्यबसायी समितिका अध्यक्ष दधिराम खरेलले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलाई ११ लाख ३८ हजार रुपैंया बराबरको डमी चेक हस्तान्तरण गर्नुभयो ।
राहत रकम हस्तान्तरण गर्दै बस व्यबसायी समितिका अध्यक्ष खरेलले वर्षासंगै आएको बाढी पहिरोबाट धेरैले ज्यान गुमाउनु परेको र धेरै विस्थापित हुनु परेकोले प्रभावितलाई थोरै भएपनि मलम पट्टि लगाउन सहयोग होस भन्ने हेतुले सहयोग संकलन गरि राहत प्रदान गरिएको बताउनु भयो ।
सोही अवसरमा सरुवा भई रुपन्देहीमा हालै आउनु भएका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली र प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवालीलाई जिल्लामा स्वागत गरिएको छ ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मैनालीले सहयोगी हातहरुलाई धन्यवाद दिँदै सराकात्मक परिर्वतनको लागि ईमान्दारिता पुर्वक कानुनको कार्यान्वयनमा आफू तयार रहेको बताउनु भयो । उहाँले जिल्लाको शान्ति सुरक्षामा आफू सचेत र सजग रहेको बताउनु भयो ।
त्यस्तै नवआगन्त रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ज्ञवालीले चार्ड पर्वमा विभिन्न अपराधिक गतिविधिहरु सल्बलाउने भन्दै यसमा सजह रहनको लागि उद्योगी, व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल यातायात राष्ट्रिय महासंघका पुर्व अध्यक्ष चोपनारायण श्रेष्ठ, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष खेमबहादुर हमाल, रुपन्देही उद्योग संघका महासचिव माधव पोखरेल, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष खिम श्रीस, पश्चिमाञ्चल पेट्रोलीयम डिलर्स एशोसियशनका अध्यक्ष प्रेम न्यौपाने, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेलगायतले भनाई राखेका थिए ।