रुपन्देहीको देवदहमा भएको सवारी दुर्घटनामा चारको मृत्यु

1.3K

रुपन्देहीको देवदहमा भएको सवारी दुर्घटनामा चारको मृत्यु

बुटवल, ८ भदौ । रुपन्देहीको देवदहमा बिहिबार भएको सवारी दुर्घटनामा परि ४ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा रुपन्देहीको पर्रोहाका २१ वर्षीय खेमराज थापा, नवलपरासी रामग्रामका २३ वर्षीय सुरज चौधरी, नवलपरासी सुनवलका २३ वर्षीय दिवाकर यादव र बुटवल १६ का २४ वर्षीय सुमन कुवँर रहेका छन् ।

रुपन्देहीको देवदह भलुहीमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको लु २३ प १०२८ नम्बरको मोटरसाईकल र बुटवलबाट सुनवलतर्फ गई रहेको लु ३३ प ७०८३ नम्बरको मोटरसाईकल आपसमा ठक्कर खादाँ दुवै मोटरसाईकलका चालक खेमराज र सुरजको घटनास्थलमै मृत्यू भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार ती मोटरसाईकलमा सवार दिवाकर र सुमनको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको हो ।