बुटवल, १३ भदौ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्बिनी अञ्चल कार्यसमितिले ट्राफिक सचेतनाकालागि सांगितिक सडक यात्रा कार्यक्रम गरेको छ ।
प्रतिष्ठानको वार्षिक साधारण सभाको अवसरमा गीत संगितको माध्यमवाट टृाफिक सचेतना फैलाउने लक्ष्य सहित रुपन्देहीको ड्राईभरटोलदेखि बुटवलको गोलपार्कसम्म सांगितिक सडक यात्रा कार्यक्रम गरिएको हो । सांगितिक सडक यात्रा कार्यक्रको शुभारम्भ त्तिलोतमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले गर्नु भएको थियो भने समापन बुटवलमा बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदीले गर्नु भएको हो ।
पश्चिम क्षेत्रीय टृाफिक प्रहरी कार्यालयको सहयोगमा कार्यक्रम गरिएको राष्टिृय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अञ्चल कार्यसमिति लुम्बिनीका अध्यक्ष डिल्लीनारायण पाण्डेले बताउनु भयो ।यस अंगाडी आयोजित साधारण सभामा राष्टिृय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सल्लाहकार तथा अञ्चल कार्यसमितिका संरक्षक खेमबहादुर हमाल, केन्द्रीय सदस्य तथा ५ नम्बर प्रदेश संयोजक लक्ष्मण खडका, केन्द्रीय सदस्य प्रचण्ड जिसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी कलाकारहरु सपना गाहा, भरत क्षेत्री, सहयोगी विसी, दीपक गरौजा मगर, नारायण थापा लगायतले लोक संस्कृति संरक्षणमा प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहने औंल्याएका थिए ।
प्रतिष्ठानका अध्यक्ष डिल्लीनारायण पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव नारायण विपी परियार र कोषाध्यक्ष दिपक श्रेष्ठले प्रस्तुत गर्नु भएको वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो । सोही अवसरमा उत्कृष्ट लोक दोहोरी गायिका रुपमा सपना गाहालाई सम्मान गरिएको थियो । त्यस्तै लोक तथा दोहोरी क्षेत्रमा क्रियाशिल रही स्थानीय तहको निर्वाचनमा विजयी हुनु भएका खुम खत्रीलाई पनि सम्मान गरिएको थियो ।