टीआर बस्याल/पाल्पा, १४ भदौ ।
तिनाउ गाँउपालिकाले ३१करोड ३३ लाख ९८ हजार १ सय ३८रुपैयाको गरेको छ । गाँउ पालिकाका अध्यक्ष ओम बहादुर घर्तिले पत्रकार सम्मेलन गरेर बजेट सार्वजनिक गर्नुभएको हो । घर्तिले प्रत्येक वडालाई १ करोड रुपैया भन्दा बढिको बजेट पुर्वाधार बिकासमा खर्च गर्ने गरि निति कार्यक्रम बजेट बनाएको जानकारी गराउनु छ ।
उहाँले आन्तरीक स्रोत बाट १ करोड ३३ लाख ५० हजार आम्दानी गर्ने लक्ष्य रहेको बताउदै भन्नुभयो हामिले केन्द्रिय अनुदान निः शर्त १५ करोड १५ लाख ३० हजार , केन्द्रिय अनुदान सःशर्त ११ करोड ८ लाख ३५ हजार , सामाजिक सुरक्षा २ करोड ६५ लाख, गतबर्षको जिम्मेवारी सरेको रकम ९१ लख ८३ हजार १ सय रुपैया बाट सो बजेट सार्वजनिक गरेका छौ उहाँले भन्नु भयो ।
शिक्षा , स्वास्थ्य , कृषी उद्योग , पर्यटन र पुर्वाधार –सम्बृद्ध तिनाउको मूल आधार भन्ने सोंचका साथ गाउँपालिकालाई अगाडी बडेको र शिक्षा , स्वास्थ्य , कृषी , उद्योग , पर्यटन र पुर्वाधार सहित सफा, हरावरा , सुन्दर, शान्त , सुशासन , सहभागिता बिकास , समतामुलक समाज निर्माण र समृद्धि सहितको तिनाउ गाउँपालिकाको निर्माण गर्ने लक्ष्य रहेको उहाँले बताउनु भयो ।
पत्रकार सम्मेलनमा भौतिक पुर्वाधार निर्माण तर्फ कम्तिमा १ वडामा ३० लाख भन्दा बढिको योजना सम्पन्न गर्नुपर्ने निति लिइने रआगामी बजेटमा ५० लाख पुत्याउने निति अवलम्वन गरेको कार्यकारी अधिकृत चुरामणी बस्याल भन्नुभयो साबिक कचल , दोभान , कोल्लडाडाँ , मस्यामलाई सहज आगमन गर्नको लागी बाहै महिनामा सवारीसाधन चल्ने सडक निर्माणमा प्राथमिकताको साथ लागेको बनाउनु भयो ।
गाउँपालिकाले आर्थिक बर्ष २०७४ ÷२०७५को प्रस्ताबित उद्देश्य, निति , कार्यक्रम तथा बजेट तर्जुमा गर्दा भौतिक पुर्वाधार बिकास ,शिक्षा कृषी , जनसंख्या तथा सामाजिक बिकास ,बाताबरण तथा सरसफाई , राजश्व परिचालन निति , सुशासन तथा संस्थागत क्षमता बिकास , पत्रकारिताको बिकासमा लाग्ने बताउनु भयो ।